• शनिबार १-२२-२०८१/Saturday 05-04-2024
  • 07:23:43
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTDifferent songs

राम्जाकोटको  जनजागृती प्राविमा पहिलो पटक एक लाख रुपैयाको अक्षयकोष स्थापना

दुलेगौंडा, १३ बैशाख । तनहुँको रिसिङ गाउँपालिका वडा नं. ५ राम्जाकोटमा रहेको जनजागृती प्राविमा पहिलो पटक १ लाख ५ सय ५ रुपैयाको अक्षयकोष स्थापना गरिएको छ । 


स्वर्गीय शिवलाल रानाभाट उनकी धर्मपत्नीहरु स्वर्गीय शुशिला र रत्नमाया रानाभाटको स्मृतीमा छोराहरु पूर्ण बहादुर, कृष्ण बहादुर र छोरीहरु तारादेवी पुरी (रानाभाट) र नर्मदा रानाभाटले संयुक्तरुपमा बुधवार एक कार्यक्रमकाबीच अक्षयकोषको रकम प्रदान गरेका हुन् । वडा नं. ५ का अध्यक्ष बुद्धिमान राना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम बहादुर थापा र प्रधानाध्यापक सुजन रानाभाटलाई सो रकम प्रदान गरिएको हो ।

 स्वर्गीय शिवलाल राम्जाकोटका समाजसेवी हुन् । उनका परिवार हाल भरतपुरमा बस्दै आएको छ । बुबा र आमाको स्मृतिमा स्थापित सो कोषबाट प्राप्त ब्याजले जेहेन्दार, गरिव र अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने पूर्ण बहादुरले जानकारी दिए । वडा अध्यक्ष रानाले अक्षयकोषबाट विद्यार्थीलाई अध्ययनमा थप प्रोत्साहन हुने विश्वास व्यक्त गर्दै अक्षयकोषदतालाई धन्यवाद दिए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा अधिकृत शिवराज पोख्रेल, डा. मिन बहादुर रानाभाट, मनोज रानाभाट लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस