• शुक्रबार २-४-२०८१/Friday 05-17-2024
  • 05:01:09
  • ON AIR Shuklagandaki Samachar (Local)
  • UP NEXTBal Prativa

सडक स्तरोन्नती कार्यमा बाधा पु¥याएको भन्दै शुक्लागण्डकी नपाको गम्भिर ध्यानाकर्षण

दुलेगौंडा, २० बैशाख । राजमार्गको मापदण्ड भित्र परेका घरहरु नभत्काई सडक स्तरोन्नती कार्यमा बाधा पु¥याएको भन्दै शुक्लागण्डकी नगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नगर प्रमुख कृष्णराज पण्डितद्धारा विहिवार जारी प्रेस विज्ञप्तीमा नगरको सडक मापदण्डभित्र पर्ने १ सय ४६ संरचना हटाउने प्रयोजनकालागि रितपूर्वक पेश भएका निवेदकलाई क्षतिपूर्ति वितरणको कार्य प्रारम्भ भइसकेको उल्लेख छ । क्षतिपूर्ति बुझ्ने तर घर भत्काउन आलटाल गरि स्तरोन्नतीमा अवरोध पु¥याइएको भन्दै तोकिएको अवधिमा सडक क्षेत्रकाधिकारभित्र पर्ने २५ मिटर भित्रका संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने चेतावनी दिइको छ । पछिल्ला दिनमा बजार क्षेत्रमा अत्याधिक धुवा र धुलो हुन थालेपछि  सडक चाडो सम्पन्न गर्नुपर्ने आवाज उठ्न थालेको छ । विभिन्न माध्यमबाट स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गर्न थालेका छन् । केहि दिनअघि नगरपालिका गेट अगाडी र सार्वजनिक स्थानहरुमा पम्पलेट समेत टालिएको थियो । 

प्रतिकृया दिनुहोस