• शनिबार २-५-२०८१/Saturday 05-18-2024
  • 08:09:35
  • ON AIR Nepal Darpan
  • UP NEXTDifferent songs

शिव पञ्चायनको आठौं वार्षिक साधारणसभा तथा मन्दिर सभाहल उद्घाटन

दुलेगौंडा, २३ बैशाख । शिव पञ्चायन मन्दिर संरक्षण समिति शुक्लागण्डकी–५ शिवनगर झरौटाको आठौं वार्षिक साधारणसभा तथा मन्दिर सभाहल उद्घाटन कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

मन्दिर परिसरमा भएको कार्यक्रमको शुक्लागण्डकी नगरपालिका वडा नंं ६ का अध्यक्ष बुद्धि बहादुर थापा र समाजसेवी प्राध्यापक डा. चन्द्र बहादुर थापाले उद्घाटन गरे । सो अवसरमा बोल्दै वडा अध्यक्ष बुद्धि बहादुर थापाले मन्दिर संरक्षण समिति हिन्दु धर्मको संरक्षण, प्रचार प्रसार र मन्दिर क्षेत्रको विकासमा सक्रिय भएको आफूले पाएको बताउदै आगामी दिनमा समितिको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले विभिन्न नाममा हिजोआज हिन्दु धर्मप्रति आक्रमण भइरहेको उल्लेख गर्दै हिन्दुत्वकोबारेमा सन्ततीहरुलाई ज्ञान बाड्नु जरुरी देखिएको बताए । समितिका अध्यक्ष केशवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ब्राम्हण समाज तनहुँका सदस्य नारायण घिमिरे, शुक्लागण्डकी नागरिक समाजका संस्थापक अध्यक्ष विजयराज पौडेल, मोहदत्त पोख्रेल, कमला भुजेल लगायतले बोलेका थिए ।

सभाहल शुक्लागण्डकी नगरपालिकाको ४ लाख रुपैयाको लगानीमा निर्माण गरिएको हो । सो अवसरमा सचिव धर्मराज पौडेलले सचिव र कोषाध्यक्ष नारायणदत्त वाग्लेले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । 
 

प्रतिकृया दिनुहोस