• सोमबार १-२४-२०८१/Monday 05-06-2024
  • 02:48:07
  • ON AIR Different songs
  • UP NEXTNepal Khabar

पुस महिनाभित्रै तल्लो तहसम्म एकताः पोख्रेल

दुलेगौंडा, २२ पुष । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले पार्टीको तल्लो तहसम्म एकता गर्न केहि ढिलाई भएको स्विकारेका छ्न । 


शुक्लागण्डकी नगरपालिकामा शुक्रवार भएको कार्यकर्ता भेलामा उनले गाईगोरु चराउन गएका गोठाला मिले जस्तो दुई भिन्न पार्टीलाई एक बनाउन त्यति सहज नभएको बताए । ‘हामी सकेसम्म पुस महिनाभित्रै तल्लोतहसम्मको एकता गर्ने प्रयास गरिरहेका छौ उनले भने, ढिलोमा पनि माघ दास्रो सातासम्म पार्टी एक हुन्छ ।’ उनले राष्ट्रिय आवश्यकताका कारण दुइ पार्टी एक भएको जिकिर गरे । ‘साविकका एमाले र माओवादीका साथीहरुले विगतलाई बिर्सिदिनुहोस । कमजोर विचारले बलियो कम्न्युष्ट पार्टी बन्दैन ।’ उनले थपे । 


नेकपाका स्थायी कमिटी समेत रहेका पोखरलले संविधान, कानुन, नियन्त्रण, सन्तुलन , प्रगतिशील परिवर्तन र प्रतिस्पर्धाको राजनितीबाट निर्दिष्ट हुन पार्टीका नेता कार्यकर्तालाई अनुरोध गरे । कार्यक्रममा जिल्ला तथा स्थानीय तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस