• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 06:23:20
  • ON AIR Kayakairan
  • UP NEXTNepali Bahas

ढोरफिर्दीमा १९ औं तीज कप शुरु

दुलेगौंडा, १६ भदौ ।  तनहुँको शुक्लागण्डकी–८, गाउँफर्कोदय माविको खेल मैदानमा १९ औं तीज कप, तीज गीत प्रतियोगिता एवम् विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम शुरु भएको छ । हरितालिका तीज–२०८१ को अवसरमा जनसेवा स्पोटर्स क्लवले सो कार्यक्रम गरेको हो । प्रतियोगिताको एक कार्यक्रमकाबीच शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख पण्डितले खेल क्षेत्रले यस ठाउँको प्रचार प्रसारमा टेवा पु¥याएको उल्लेख गरे । वडा नं. ८ का अध्यक्ष नारायणसिं थापाले खेल क्षेत्रलाई वडाले सक्दो सहयोग गर्दै आइरहेको जानकारी दिए । 


यसैबीच आयोजक जनसेवा र सितलवस्ती युवा क्लवीच भएको उद्घाटन खेलमा जनसेवाले २–० ले शितलवस्तीलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । पुष्पाञ्जली एकेडेमी र आदर्श मनोहरीबीचको अर्को खेलमा पुष्पाञ्जली १–० ले विजयी भयो । 


खेलकुद एवम् विविध कार्यक्रमको माध्यमबाट छरिएर रहेका युवा शक्तिलाई एकिकृत गर्दै समाजको विकासमा टेवा पु¥याउने उदेश्यले तीज कप सेभेन ए साईड अन्तर क्लव स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता गरिएको क्लव अध्यक्ष बील बहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने समुहले नगद ८८ हजार ८ सय ८८, द्धितीयले ४४ हजार ४ सय ४४ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । साथै उत्कृष्ट खेलाडीलाई नगद ३ हजार, सर्वाधिक गोलकर्ता, गोल रक्षक, डिफेन्डर उदयाीमान खेलाडीलाई २÷२ हजार रुपैया प्रदान गरिने छ । प्रतियोगितामा ३० समुहको सहभागिता रहेको अध्यक्ष गुरुङले बताए । प्रतियोगिता २१ गते सकिने छ ।  

महिलाहरुको महान पर्वत हरितालिका तिजको अवसरमा भेला भएर गीत गाउने, नाच्ने ठाउँको रुपमा विकसित हुदै गएको यस क्षेत्रलाई खेलकुदका गतिविधि समेत हुदै आएको छ । विविध साँस्कृतिक कार्यक्रमकासाथै सरसफाई समेत गरिने क्लवले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस