• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 10:31:46
  • ON AIR
  • UP NEXT

पाकिस्तानी टोलीको शुक्लागण्डकी भ्रमण


३० जेठ, दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा संचालित सेवा प्रवाह केन्द्र र विकास आयोजना संचालनका विषयमा पाकिस्तानको एक टोलीले स्थलगत अध्ययन गरेको छ ।

पाकिस्तानको  बालोचिस्तान ग्रामीण विकास तथा समुदाय सशक्तिकरण ब्रेस कार्यक्रमको प्रतिनिधि टोलीले मंगलबार शुक्लागण्डकी नगरपालिकाको भ्रमण गरेको हो । पाकिस्तानी टोली समक्ष शुक्लागण्डकी नगरपालिकाले सेवा प्रवाह केन्द«, विकास निर्माणका आयोजना संचालन प्रक्रियाबारे जानकारी दिनुका साथै र दगाम गाउँको मौरीपालन र पर्यटन सम्बन्धी श्रव्यदृश्य सामाग्री प्रदर्शन गरेको थियो । भ्रमणमा सहभागी पाकीस्तानी प्रतिनिधिहरुले शुक्लागण्डकी नगरपालिकामा संचालन गरिएको सेवा प्रवाह केन्द्र आफुहरुका लागि सिक्न लायक भएको प्रतिक्रिया दिए ।

शुक्लागण्डकीमा समुदायलाई विकास आयोजनामा कसरी सहभागी गरिएको छ?, समुदायको सशक्तिकरणको अवस्था कस्तो छ ? भन्ने विषयमा अध्ययन गर्न आफुहरुले नगरपालिकाको भ्रमण गरेको टोलीमा सहभागी बार्से कार्यक्रमका प्रतिनिधि एंव् नेपाल सरकारका पुर्व मुख्य सचिव सोमलाल सुवेदीले बताए । 

प्रतिकृया दिनुहोस