• शनिबार १-२९-२०८१/Saturday 05-11-2024
  • 01:57:43
  • ON AIR
  • UP NEXTBhakti Darshan

पेरिस स्थित नेपाली राजदुताबासलाई प्रवासी नेपाली मञ्च फ़्रान्सले बुझायो ज्ञापनपत्र

पेरिस, ११ माघ । प्रवासी नेपाली मञ्च फ़्रान्सले विदेशमा रहेका नेपाली नागरिकहरुले प्रवासबाटै मतदान गर्न पाउनु पर्ने माग सहितको ज्ञापनपत्र फ़्रान्सको पेरिस स्थित नेपाली दुतावासलाई बुझाएका छन । प्रधानमन्त्री शेर बहादुर देउवा सहित परराष्ट्र मन्त्री डा. नारायण खड्का तथा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई सम्वोधन गरि पठाइको पत्रमा विदेशमा रहेका नेपाली नागरिकहरुको मतदाता नामावली संकलन गर्न र विदेश स्थित कुटनैतिक नियोग वा विद्युतीय माध्यम बाट मतदान गर्न पाउनु पर्ने माग गरिएको छ ।

नेपाली राजदूत दीपक अधिकारीलाई प्रवासी नेपाली मञ्च फ़्रान्सको तर्फबाट अध्यक्ष तथा युरोप इन्चार्ज भक्त वाग्लेले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन । पत्रमा विश्वभरि सार्क मुलुक बाहिर मात्र करिव पचास लाख नेपालीहरु रहेको उल्लेख गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स भित्राउनेहरुलाई देशको मुल नेतृत्व छनौटबाट बन्चित गर्नु अन्याय हुने उल्लेख गरिएको छ । त्यसै गरि पत्रमा सर्वोच्च अदालतको २०७४ चैत्र ७ को आदेश र परमादेशको समेत स्मरण गराइएको छ ।

राजदुत अधिकारीले मञ्चको प्रतिनिधिमण्डललाई सम्वोधन गर्दै ठुलो संख्यामा नेपालीहरु प्रवासमा अध्ययन, रोजगारी तथा नेपाल सरकारकै काममा समेत रहेको सन्दर्भमा मञ्चले निकै महत्वपुर्ण विषयबस्तु उठान गरेको बताए । दुतावासले सम्माननीय प्रधानमन्त्री सहित संवन्धित निकाय समक्ष ज्ञापनपत्र पुर्याईदिने प्रतिबद्धता समेत ब्यक्त गरे ।

त्यस्तै मञ्चका अध्यक्ष तथा युरोप इन्चार्ज वाग्लेले मञ्चको अन्तराष्ट्रिय कमिटीको निर्णय बमोजिम विश्वभरि रहेका नेपाली कुटनैतिक नियोगहरु मार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत पत्र बुझाएको बताएका थिए । कार्यक्रममा प्रवासी नेपाली मञ्च फ़्रान्सका क्रियाशील सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस