• आइतबार १-१६-२०८१/Sunday 04-28-2024
  • 02:48:15
  • ON AIR
  • UP NEXTBhakti Darshan

एनआरएनए फ्रान्सको वर्तमान नेतृत्वको विधान विपरीत क्रियाकलापप्रति अग्रजहरुको आपत्ति


जेठ ११ फ्रान्स
गैरआवासीय नेपाली ऐन २०७७ को व्यवस्था भन्दा बाहिर गएर फ्रान्सको लागि मात्र नेपाली राष्ट्रियताको बिषयमा छुट्टै सन्दर्भ बनाएको विरोधमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले फ्रान्सले विज्ञप्ती निकालेको छ । नेपालीहरुको हक, हित ,अधिकार सहयोगका साथै मुल देशसंग सम्बन्ध स्थापना गर्न समन्वयात्मक भूमिका र अधिकार सहित खोलिएको भन्दै उक्र सँस्थाले आफ्नो हक सँरक्षणको लागि आवाज उठाउने जनाएको छ । सामान्यतया बैदेशिक रोजगारीका लागि नेपाल सरकारसंग श्रम स्वीकृति लिएर  गएका नेपाली र स्थायी या अस्थायी बसोबास अनुमति पत्र प्राप्त गर्न सक्कली नेपाली पहिचान कै कागजात पेश गरि सम्बन्धित देशले बसोबास अनुमति पत्र दिएका लाइै गैरआवासीय नेपाली भनिन्छ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले हालै  विधान संशोधनका लागि प्रस्तावित विधान जारी गरेको थियो तर उक्त विधान नेपाल सरकारको गैरआवासीय नेपाली सम्बन्धि व्यवस्था अनुसार अवैधानिक, ठहर गरेको छ ।सोहिको विरोधमा खारेजीको माग गर्दै अध्यक्ष गिता खनाल ज्यू लाई पत्रचार गरिएको छ । जसमा विधान संशोधनका लागि यसै मौजुदा बिधानको दफा २७ मा ब्यवस्था गरिए बमोजिम साधारण सभामा आवश्यक पंजिकृत सदस्यहरूको ५१५ उपस्थिति नरहेकोले प्रस्तावित विधान स्वतस् खारेजीको माग गरिएको छ ।साथै सुचनामा सदस्यता प्रमाणिकरण दलमा प्रमाणिकरण अनुगमन दलका सदस्यहरु कुन मापदण्ड अनुसार त्याहाँ हुनुहुन्छ त्यसको जफाव सस्थामा उपलब्ध गराउन पनि अ।ग्रह गरिएको छ । 

प्रतिकृया दिनुहोस