• आइतबार ६-४-२०८३/Sunday 09-20-2026
  • 04:10:40
  • ON AIR Your Choice
  • UP NEXTShuklagandaki Samachar

अरिदेव नेवा मिसा पुचःको साधारण सभा सम्पन्न


२५ चैत्र, दुलेगौंडा । 

अरिदेव नेवा मिसा पुचः शुक्लागण्डकीले आफ्नो छैटौं बार्षिक साधारण सभा शनिवार दुलेगौंडामा सम्पन्न गरेको छ । अरिदेव नेवा मिसा पुचः नेवार जातीका महिलाको समूह हो । अरिदेव नेवा मिसा पुचः का अध्यक्ष लक्ष्मी कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाको अवसरमा गित, नृत्य तथा मन्तव्यको माध्यमबाट नव वर्ष २०८० सालको शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा अरिदेव नेवा पुच सेवा कोषका अध्यक्ष रुद« कुमार श्रेष्ठ, मिसा पुचःका संस्थापक कमला मल्ल, आनन्दसुन्दर श्रेष्ठ, ईश्वरी कायस्थ, ज्ञान नारायण श्रेष्ठ, सीता श्रेष्ठ, शोभा श्रेष्ठ लगायतले मौलिक नेवारी संस्कृतिको संरक्षणमा एकतावद्व हुनुपर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष लक्ष्मी कुमारी श्रेष्ठ र सचिव शर्मीला श्रेष्ठले  प्रगति प्रतिवेदन, कोषाध्यक्ष मनिषा श्रेष्ठले आयव्यय विवरण र लेखा संयोजक गोमा श्रेष्ठले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस