• सोमबार ६-५-२०८३/Monday 09-21-2026
  • 09:15:52
  • ON AIR Ajar Amar Geet Haru
  • UP NEXTShuklagandaki Samachar

अंपागता भएका व्यक्ति अनिश्चितकालीन धर्नामा


अस्मिता खनाल

४ जेठ, तनहूँ । 

तनहूँको म्याग्दे गाउँपालिका कार्यालयको दैलोमा स्ट्रेचर माथि एक जना अपाङ्गता भएका व्यक्ति धर्ना बसेका छन् । पूर्ण शारिरिक अपाङ्गता भएका म्याग्दे ७ का दिपक भण्डारी आफुजस्तै अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी सहमति कार्यान्यवनका नभएको भन्दै बिहिबार देखि अनिश्चितकालीन धर्नामा बसेका हुन् । 
अपाङ्गता भएको व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ अनुसार बनेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ कार्यान्वयन हुनुपर्ने भण्डारीको माग छ। भण्डारी यसअघि गत भदौमा पनि धर्ना बसेका थिए। त्यतिखेर पालिकाले नियमावली कार्यान्वयनका लागि पुष महिना भित्र कार्याविधि तयार पार्ने लिखित सहमति गरेको भएपनि म्याद नाघेको ४ महिना वितिसक्दा समेत कुनै सुनुवाई नभएको भन्दै पुन ः धर्नामा बसेको भण्डारीले बताए । 
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ मा पुर्ण अशक्त अपाङ्गतालाई सहयोगी व्यक्ति उपलब्ध गराउने, सामुहिक पुर्नस्थापना केन्द्र स्थापना गर्ने लगायतका अधिकारहरु उल्लेख गरिएको छ । ऐन कार्यान्वयन भए अपाङ्गता भएका व्यक्तिहरुको दैनिक क्रियाकलाप सहज बन्ने भण्डारीको विश्वास छ । विभिन्न कारणले पूर्ण अशक्त बनेका व्यक्तिले आफ््नो साधारण काम समेत आफैं गर्न नसक्ने हुदाँ निकै कष्टकर जिवन जिउन वाध्य हुनुपरेको बताए । “अपाङ्गता भएका व्यक्तिलाई राज्यले न बाँच्न दिएको छ न मर्न” भण्डारीले भने “लागु नै नगर्ने भए ऐन किन बनाएको ?” अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिनु भन्दा अपाङ्ताको प्रकृति हेरेर आवश्यकताको आधारमा सेवा सुविधा उपलब्ध गराउनुपर्ने भण्डारीको भनाई छ  ।

भण्डारीले कार्यविधि बनेर अधिकार कार्यान्वयन हुने सुनिश्चित नहुदाँसम्म धर्नामा नै बस्ने जिकिर गरेका छन् । भण्डारी धर्नामा बसेपनि तत्काल सम्बोधन गर्न नसकिएको गाउँपालिकाका सुचना अधिकारी बुद्विसागर खनालले बताए । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशाशकिय अधिकृत कार्यालयको कामले काठमाण्डौं गएकाले फर्किएपछि मात्रै निर्णय लिन सकिने खनालले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस