राष्ट्रिय जागरण अभियान शुक्लागण्डकीमा पनि शुरु
दुलेगौंडा, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० को राष्ट्रिय जागरण अभियान शुक्लागण्डकीमा पनि शुरु भएको छ ।
गएको कार्तीक ७ गते केन्द्रमा औपचारिक रुपमा उद्घाटन गरिएको सो अभियान अन्तर्गत पालिका तहमा पनि शुरु गरिएको हो । विहिवार दुलेगौंडामा पत्रकार सम्मेलनमा नगर संयोजक शरण सापकोटाले पालिकामा हुने अभियानबारे जानकारी दिए । उनका अनुसार अभियानअन्तर्गत सदस्यता तथा सङ्गठन विस्तार, आगामी स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहनेछ । नगर भित्रका सदस्यहरुको तथ्यांक सफ्टवयरमा अपटेड गरी व्यवस्थित गर्ने, नवीकृत सदस्यहरुलाई डिजिटल परिचय पत्र प्रदान गरिने पार्टीले जनाएको छ ।
अभियानलाई व्यवस्थित गर्न शुक्लागण्डकीका १२ वटै वडामा जिम्मेवारी प्रदान गरिएको छ । वडा नं। १ मा धर्म नेपाली, वडा नं। २ मा शरण सापकोटा, ३ मा सुमन आले, ४ मा झ्याम कुमारी भुजेल, ५ मा दिनेश गौतम र मित्रबन्धु पौडेल, ६ मा सर्वदा घिमिरेलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी वडा नं। ७ मा खुम बहादुर विक राजु र राजन खत्री, वडा नं। ८ मा दिनेश गौतम, वडा नं। ९ मा जौमाया बराल सुनार, वडा नं। १० मा रामचन्द्र भण्डारी, राजेन्द्र क्षेत्री, विकास श्रेष्ठ, वडा नं। ११ मा थमन आले, रिता भुजेल, नारायण सिग्देल, खिमलाल भण्डारी र वडा नं। १२ मा खुम बहादुर विक राजु र थमन आलेलाई जिम्मेवारी दिइएको सापकोटाले बताए । नगरको समग्र नेतृत्व जिल्ला इन्चार्ज समेत रहेकी आशा कोइरालालाई दिइएको छ । अभियानमा पार्टीको सिद्धान्त निति, योजना जनताकोबीचमा पु¥याउने र सम्बन्ध सुदृढ गर्ने, सरकारका गलत कामको भण्डाफोर गर्दै जनतालाई सुसुचित गर्ने, आवश्यकता अनुसार प्रशिक्षण, अन्तरक्रिया कार्यक्रम गर्ने लगायतका रहेका छन् ।
सो अवसरमा नेतृ कोइरालाले सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसकेको बताउदै निराशा, असन्तुष्टि र अन्योल बढिरहेको टिप्पणी गरिन् । यसअघि विहिवारै नगर कार्यसमितिको बैठक विभिन्न कार्यक्रम तय गर्नुकासाथै कार्यविभाजन गरि सम्पन्न भएको थियो ।









प्रतिकृया दिनुहोस