• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
  • 03:04:57
  • ON AIR Nepal Khabar
  • UP NEXTFilmy Parda

इण्डोनेसियामा शक्तिशाली भूकम्प, १० जनाको मृत्यु

१३ साउन, काठमाडौं । इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार विहान ७ बजे ६।४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र चर्चित पर्यटकीय क्षेत्र लोमबोक रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।भूकम्पका कारण धेरै घरमा क्षति पुगेको छ भने थुप्रै मानिस घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् । उद्दार कार्य सुरु भएको छ र मृतकको संख्या बढ्ने सक्ने बताइएको छ । अनलाइनबखरबाट । 

प्रतिकृया दिनुहोस