• शनिबार १-२२-२०८१/Saturday 05-04-2024
  • 12:20:17
  • ON AIR
  • UP NEXTBhakti Darshan

आदिवासी जनजातिहरुको संस्कृति संरक्षणमा सबैले सहयोग गर्नुपर्नेमा जोड

दुलेगौंडा, ८ बैशाख । आदिवासी जनजातिहरुको संस्कृति संरक्षणमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीले शनिवार दुलेगौंडामा आयोजना गरेको आदिवासी जनजाति संस्कृति संरक्षण तथा प्रवद्धन कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले यस क्षेत्रमा आदिवासी जनजातिको भाषा संस्कार, संस्कृति संरक्षणमा वार्षिक रुपमा बजेट विनियोजन गरि विभिन्न कार्यक्रम सञ्चालनमा नगरले सहयोग गरिरहेको बताउदै आगामी दिनमा निरन्तरता रहने उल्लेख गरे । उनले अझैपनि सचेतनाको पाटो महत्वपूर्ण रहेको बताउदै जबसम्म तल्लो समुदायका स्थानीयलाई महत्व बुझाउन सकिदै तबसम्म सार्थकता नपाउने बताए । उनले यस क्षेत्रमा नेवार समुदायले संस्कृति संरक्षणको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका सचिव एवम् शुक्लागण्डकी नगरपालिकाका कार्यपालिका सदस्य विमल जिसीले संस्कृति पुस्तान्तरण नभए लोप हुने भएकाले अभिावकले यसमा विशेष जोड दिनुपर्ने बताए ।

नगर समन्वय परिषदका सल्लाहकार संयोजक एवम् कार्यपालिका सदस्य खिम बहादुर कुमालले विश्वमा ७ हजार बढि भाषा बोल्ने गरिएको बताउदै प्रत्येक १५ सेकेण्डमा भाषा लोप हुने गरेको जानकारी दिए । उनले राज्यको प्रष्ट निति नहुदासम्म संरक्षणको अभियानले सार्थकता नपाउने बताए ।

नगर समन्वय परिषद शुक्लागण्डकी अध्यक्ष तुलसी कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नंं ४ का निवर्तमान अध्यक्ष शिव कुमार श्रेष्ठ, नेवा देव दबुका केन्द्रिय सदस्य वशन्ता श्रेष्ठ, नगर समन्वय परिषदका उपाध्यक्ष कुल कुमार कुमाल, अरिदेव नेवा पुच सेवा कोषका अध्यक्ष ज्ञाननारायण श्रेष्ठ, सचिव सुमन आले, नगर समन्व्य परिषदकी सचिवालय सदस्य विर्सना श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस