• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024
  • 09:43:41
  • ON AIR shruti Sambeg
  • UP NEXTShuklagandaki Samachar

हरिनाशमा सम्पन्न दोस्रो अध्यक्ष कपको उपाधी वडा नम्बर ७ लाई

दुलेगौँडा, ९ माघ । वडा नम्बर ६ बिरुद्ध सहज जित निकाल्दै वडा नम्बर ७ ले दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा २५–२०, २०–२५, २५–२० को सेटमा पराजित गरेर वडा नम्बर ७ ले उपाधी चुमेको हो । हरिनास गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिता विजेताले नगद ५० हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रोले नगद ३० हजारको साथमा कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।


वडा नम्बर ५ लाई  पराजित गरेर वडा नम्बर १ तेस्रो हुन सफल भएको छ । २५–१४, २०–२५, २५–२० सेटमा विजयी भएको वडा नम्बर १ लाई नगद २० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।


यस्तै गाउँपालिकाकै आयोजनामा वडास्तरिय पुरुष भेट्रान्स भलिबल भएको थियो । भेट्रान्सको उपाधी  वडा नम्बर ४ ले जितेको छ । वडा नम्बर १ का बिरुद्ध २५–१३, २१–२५, २५–१८ को सेटमा जित निकाल्दै वडा नम्बर ४ ले उपाधी रक्षा गरेको हो । वडा नम्बर ६ लाई  २५–१८, १५–२५ र २५–१७ को सेटमा वडा नम्बर ३ ले पराजित गरी तृतिय हुन सफल भयो । प्रथम, द्धित्तिय र तृतियले कप, मेडल र प्रमाणसहित क्रमशः नगद ३० हजार, २० हजार र १० हजार पाए ।


सोही अवसरमा हरिनास गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । आधारभुत मावि सालडाँडाले पिताम्बर मावि क्याक्मीलाई २६–२४, १९–२५, २५–२० को सेटमा हराएर विजेता बनेको छ । महिमा मावि चिसापानीले जनजागृती मावि गिरीकोटलाई २५–१९, २३–२५, २५–२३ को सेटमा पराजित गर्दै तृतिय भएको छ ।  प्रथम, द्धित्तिय र तृतियले शिल्डसँगै क्रमशः नगद १० हजार, ६ हजार र ४ हजार पाए ।


गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विजयी समुह तथा खेलाडीलाई पुरस्कार वितरण गरे । मन्त्री गुरुङले खेलकुद र खेलाडीलाई सम्मान गर्न सक्नुपर्ने बताए । ‘नेपाललाई अन्तराष्ट्रियस्तरमा खेलकुद जगतले चम्काइरहेको छ’, गुरुङले थपे, ‘मनोरञ्जनको रुपमा मात्रै नभएर खेलकुद क्षेत्रको प्रर्बद्धनमा  लागौँ ।’ उनले प्रदेश सरकारले खेलकुद एकेडेमी निमाणार्थ चालु बर्षमा बजेट विनियोजन गरेको जनाए । ‘यसै बर्षदेखी हरेका स्थानिय तहका गाउँगाउँबाट खेलाडी छनोट गरी प्रशिक्षिण दिने प्रदेशले निती लिएको छ’, मन्त्री गुरुङले भने,  ‘पर्यटकलाई आकर्षित गर्ने खेलकुदको सम्भाव्यता अध्ययन गरेर लागनी गर्दैछौँ ।’ सम्बृद्ध नेपाल निर्माणको अभियाानमा लागेको बताउँलै उनले भने, ‘खेल जगतको बिकास नभएसम्म समृद्ध नेपाल निर्माणको लक्ष्य पुरा गर्न सकिदैन् ।’ खेलकुद र खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम समावेश गर्न स्थानिय तहहरुलाई उनले निर्देशन दिए ।

प्रतिकृया दिनुहोस