• मंगलबार १-२५-२०८१/Tuesday 05-07-2024
  • 08:50:28
  • ON AIR Shuklagandakiko Sarokar
  • UP NEXTNepal Khabar

गाउँफर्कोदय माविको ५१ औं वार्षिकोत्सव

दुलेगौंडा, ४ माघ । गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले अभिभावकले छोराछोरीलाई शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । गाउँफर्कोदय माविको ५१ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस समारोहमा बोल्दै उनले शिक्षाको लगानी तत्काल नदेखिएपनि भविष्यमा सबैलाई फाइदा पुग्ने बताए । 


शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले अबको आवश्यकता स्वरोजगारमुलक र व्यवसायीक शिक्षा भएकोमा जोड दिए । ‘अहिलेसम्मको शिक्षाले शिक्षित बेरोजगार उत्पादनमा सहयोग पु¥यायो’ उनले भने, ‘अब प्राविधिक शिक्षा प्रदान गरी रोजगारतर्फ लैजानुपर्छ । ’


विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रवक्ता खिम बहादुर  कुमाल, वडा नं. ८ का कार्यवाहक अध्यक्ष रोम बहादुर सिंह, नेपाली काङग्रेसका जिल्ला सदस्य याम खाँड, ेपाल बुद्धिजीवी परिषदका खिम बहादुर महत, सहिद कृष्ण क्याम्पस सञ्चालक समितिका अध्यक्ष महेश्वर भट्टराई,  विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्यामराजा महत, प्लस टुका संस्थापक अध्यक्ष दुर्गा बहादुर महत, संस्थापक इन्द्र प्रसाद भट्टराई, वर्तमान सदस्य लक्ष्मी श्रेष्ठ,  ढोरेली सेवा समाज काठमाडौंका उपाध्यक्ष मधुसुद सिग्देल, समाजसेवी रामराजा महत, छब्दी माविका प्रधानाध्यापक यज्ञ सिग्देल, शिक्षक अभिभावक संघकी सदस्य राधा लम्साल, समाजसेवी बोधराज सिग्देल, शिव शंकर बानीया लगायतले आगामी वर्ष अझ प्रभावकारी ढंगले अगाडी लैजानुपर्नेमा जोड दिएका थिए । 


विद्यालयका प्रधानाध्यपक अम्विका घिमिरेले वार्षिक प्रतिवेदन पेश गरिएको कार्यक्रममा विद्यार्थीहरु रुवी खड्का, अवनटिका पौडेल, समिक्षा क्षेत्रीले स्वागत गरेका थिए । 
गाउँफर्कोदय मावि र सहीद कृष्ण क्याम्पसको शैक्षिक तथा भौतिक स्तरन्नोतिका लागि गत फाल्गुन ४ गतेदेखि १० गतेसम्म महायज्ञ आयोजना गरिएको थियो । विद्यालयमा शैक्षिक शत्र २०७५ देखि अङ्ग्रेजी माध्यमबाट अध्यापन भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस