• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
  • 10:56:54
  • ON AIR Hello Shuklagandaki
  • UP NEXTNepal Khabar

एघारौँ संस्करणको दरबारथोक कप हुने

प्रतिकात्मक तस्बिर

दुलेगौँडा(तनहुँ)पुस २९(नागरिक)– दरबारथोक युवा क्लब भुस्नापुरको आयोजनामा एघारौँ संस्करणको दरबारथोक भलिबल कप हुने भएको छ । हरेक बर्ष क्लबले गर्दै आईरहेको गाउँस्तरिय पुरुष भलिबल प्रतियोगिता यस बर्ष माघ ३ देखी ७ गतेसम्म गर्न लागिएको प्रतियोगिता संयोजक बिक्रम शाही ठकुरीले बताए ।

विजेतालाई नगद ४५ हजार, कप, मेडल र प्रमाणपत्र दिईने ठकुरीले जानकारी दिए । उनका अनुसार दोस्रो र तेस्रोले कप मेडल र प्रमाणसहित क्रमशः नगद ३० हजार र १५ हजार प्राप्त गर्नेछन् । बेस्ट प्लेयर,  डिफेन्डर, स्पाइकर, ब्लकर र अनुशासित टिमलाई पुरस्कृत गरिनेछ । करिब ३० टिमको सहभागिता रहने आयोजकको अनुमान छ ।

एघारौँ बार्षिकोत्सवको अवसरमा हुने भलिबल प्रतियोगिताको अलवा साँस्कृतिक कार्यक्रम पनि हुने छ । राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगीतिक प्रस्तुती, म्युकिल चियर, तानडोरी, छेलो हान्ने प्रतियोगिता, घैँटो फुटाई प्रतियोगिता हुने आयोजकले जनाएको  छ ।

प्रतिकृया दिनुहोस