तीन महिनामा जिपी अस्पतालबाट करिव २२ हजारलाई उपचार सेवा
दुलेगौंडा, २३ कार्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, झरौटामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रबाट पछिल्ला तीन महिनामा २१ हजार ७ सय ८६ जनाले सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा सो संख्यामा उपचार सेवा प्रदान गरिएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा। राम कुमार श्रेष्ठले जानकारी दिए । सबैभन्दा बढि बहिरङ्ग सेवा ९ओपीडी० तर्फ १८ हजार ४ सय २१ जनाले सेवा लिए । मेडिसिन, सर्जरी, बालरोग, स्त्रीरोग, छालारोग, नाक–कान–घाँटी आदि बहिरङ्ग सेवा अन्तर्गत पर्दछ ।
तीन महिनामा ३ हजार ३ सय ६५ विरामीले आकस्मिक उपचार सेवा पाएका छन् । साथै मिर्गौलाका बिरामीका लागि ३० जनाले ८ सय ४ पटक हेमोडाइलाइसिस सेवा लिएको अस्पतालले जनाएको छ । सो अस्पतालबाट गएको आर्थिक वर्ष २०८२÷०८३ मा कुल ७६ हजार बढिले सेवा लिएका थिए ।









प्रतिकृया दिनुहोस