• शनिबार ७-२२-२०८३/Saturday 11-07-2026
  • 11:35:39
  • ON AIR
  • UP NEXT

शुक्लागण्डकीमा सयपत्री फुलको माला उन्ने प्रतियोगिता हुने

दुलेगौंडा, २१ कार्तिक ।
शुक्लागण्डकी नगरपालिकाले माला उन्ने प्रतियोगिता गर्ने भएको छ । स्थानीय उत्पादन, सिप र कलाको प्रवद्र्धन, सयपत्री मालाले संस्कृतिको संरक्षण भन्ने नाराका साथ आगामी सोमवार सो प्रतियोगिता हुने भएको हो । शुक्लागण्डकी–५, बेलचौतारामा आयोजित तिहार हाट बजार विशेषको दोस्रो दिन खुल्ला सयपत्री फूलको माला उन्ने प्रतियोगिता हुने नगर उपप्रमुख खुम बहादुर विक राजुले जानकारी दिए । सो केन्द्रमा कार्तिक २२ देखि २४ गतेसम्म तिहारमा आवश्यक पर्ने स्थानीय उत्पादित सामग्री विक्रि वितरण हुने छ ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैया साथमा प्रमाण पत्र प्राप्त गर्नेछन् । शुक्लागण्डकीका महिला र पुरुष दुबै बढिमा २५ जनाले व्यक्तिगत रुपमा समावेश हुन सक्नेछन् । प्रतियोगिताको समय ६ मिनेटको निर्धारण गरिएको कृषि विकास शाखा प्रमुख दिप कुमार उपाध्यायले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
↑