बेलचौतरा सहकारीको सोह्रौ साधारण सभा एवम् सातौ अधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन
२०८३ असोज २५ गते
बेलचौतरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोह्रौ साधारण सभा एवम् सातौ अधिवेशनबाट बसन्त बहादुर थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । आईतवार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा ढाकाराम गिरी, सचिवमा थमन बहादुर खत्री, कोषाध्यक्षमा लक्ष्मी कार्की चयन भए ।
सदस्यहरुमा मंगला राना मगर, थम बहादुर राना, गणेश बहादुर ऐर, आरती सुवेदी, राम बहादुर वि।क रहेका छन् ।
त्यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजकमा हुमराज तिमिल्सिना, सदस्यहरुमा एमेन्द्र सिंह गुरुङ, अशोक पौडेल रहेका छन् ।
सहकारीका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जेष्ठ नागरीक समाजसेवी रेशम बहादुर गिरी रहेका थिए । सहकारीका उपाध्यक्ष अमृता तिम्सिनाले स्वागत गरेको कार्यक्रममा
पूर्व सचिव एवं सल्लाहकार विष्णुहरी तिमिल्सिना शेर सदस्यको तर्फबाट आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।









प्रतिकृया दिनुहोस