• सोमबार ६-२६-२०८३/Monday 10-12-2026
  • 04:19:29
  • ON AIR
  • UP NEXTBhakti Darshan

सगरमाथा सहकारीको अध्यक्षमा घिमिरे 

२०८३ असोज २५ गते
सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्लागण्डकी नगरपालिका वडा नं (६ खैरेनीटार तनहुँको १५ औं साधारण सभा तथा ५ औं अधिवेशनले सन्तोष घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। समितिको उपाधयक्षमा कमल मोहन घिमिरे, सचिवमा सुजन राज पौडेल, कोषाध्यक्षमा धन प्रसाद पोखरेल र सदस्यहरुमा शिवदत्त ढकाल, केदारभक्त घिमिरे, कुमारी राना र सरिता राना निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै लेखसमितिको संयोजकमा आकाश थापा र सदस्यहरुमा सन्तोष पौडेल र विष्णु श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचनको संयोजक युवराज भट्टराईले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी सङ्घ तनहुँका अध्यक्ष प्रदीप राज अधिकारीले सम्पूर्ण सेयर सदस्यहरूले सहकारीलाई पूर्णरूपमा सहयोग गर्नुपर्ने र नीतिहरूको आधारमा सहकारीहरू चल्नु अहिलेको आवश्यकता रहेको बताए। यस्तै शुक्लागण्डकी नगरपालिका वडा नं ७ का वडाअध्यक्ष खड्ग सिंह थापा, म्याग्दे गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष शिव बहादुर आले, सगरमाथा सहकारीका संस्थापक अध्यक्ष केशव राज घिमिरे, शिवदत्त ढकाल, सुजन राज पौडेल लगायतले बोलेका थिए।
कार्यक्रममा अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, कोषाध्यक्ष सुजन राज पौडेल, लेखा समितिका संयोजक धनप्रसाद पोख्रेलले प्रस्तुत गरेका प्रतिवेदन तथा प्रस्तावहरू पारित गरिएको थियो।
त्यस्तै सहकारीले ज्येष्ठ सेयर सदस्य, असल कारोबारी, एसइइ २०८२ मा उत्कृष्ट सेयर सदस्यका छोराछोरी, उत्कृष्ट कर्मचारीलाई सम्मान पनि गरेको थियो।
सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बाबुलाल श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष सन्तोष घिमिरेले र सञ्चालन सचिव कमल मोहन घिमिरेले गरेका थिए।

‎

प्रतिकृया दिनुहोस
↑