दुलेगौंडा वडादशै साँस्कृतिक मेला आज समापन हुने
दुलेगौंडा, २३ असोज । महोत्सवको अवधि थप गर्ने विषयमा विवादित बनेको दुलेगौंडा वडादशै साँस्कृतिक मेला आज समापन हुने भएको छ । शुक्लगण्डकी युवा क्लवले आयोजना गरेको सो महोत्सवको आज शुक्लागण्डकी नगरपालिका वडा नं। ४ का अध्यक्ष राजकुमार वाग्लेले समापन गर्ने क्लव अध्यक्ष मिन बहादुर थापाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय तनहुँले असोज २१ गते शुक्लागण्डकी नगरपालिकालाई लेखिएको पत्रमा असोज २३ गतेसम्म महोत्सव सञ्चलान गर्न आग्रह गरेको थियो ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र क्लवबीच महोत्सव थप गर्ने विषयमा केहि दिनदेखि विवाद हुदै आएको थियो । महोत्सवको समय पुनः थप्न लागिएको भन्दै नगर उद्योग वाणिज्य संघले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउदै आएको थियो । यसै क्रममा बुधवार शुक्लागण्डकी नगरपालिकामा आयोजित छलफल कार्यक्रममा नगर उद्योग वाािणज्य संघ र क्ल्वका प्रतिनिधीबीच भनाभनको अवस्था सृजना भएको थियो ।
शुक्लगण्डकी युवा क्लवको आयोजनामा असोज ८ देखि १८ गतेसम्म सञ्चालन गर्ने भनिएको महोत्सव वर्षाका कारण प्रभावित भएकोमा असोज ११ देखि २२ गतेसम्म सञ्चालन भएको हो ।









प्रतिकृया दिनुहोस