दुलेगौंडा सांस्कृतिक महोत्सवमा क्लवस्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु
दुलेगौंडा, १८ असोज । शुक्लगण्डकी युवा क्लब दुलेगौंडाको आयोजनामा जारी वडादशै विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव अन्तर्गतरत क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।
दुलेगौंडाको हेल्थपोस्ट चोकमुनिको कसेरी खेल मैदानमा आइतवार भएको उद्घाटन खेलमा
ढोरफिर्दीले विरुवालाई सोझो सेटमा पराजित गरेको छ । सोमवार विहान ८ बजेदेखि बाँकी खेल हुने खेल संयोजक भरत श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समुहले क्रमशः १ लाख ५० हजार, १ लाख, ५० हजार र २५ हजार रुपैया नगद साथमा ट्रफि, मेडल र र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट सेभर, सेटर, स्पाईकर, ब्लकर, डिफेन्डर, प्रशिक्षक, उदयमान खेलाडीलाई नगद ३ हजार रुपैया पाउनेछन् । साथै उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, लाइभ कन्सर्ट, स्थानीय कला तथा संस्कृतिको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, बाल उद्यान, रमाइलो मेला लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ । महोत्सव असोज २२ गतेसम्म चल्ने छ ।









प्रतिकृया दिनुहोस