• सोमबार ६-१९-२०८३/Monday 10-05-2026
  • 05:57:29
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTKayakairan

दुलेगौंडामा स्लो टु ह्वीलर रेश प्रतियोगिता हुने

दुलेगौंडा, १६ असोज । तनहुँको शुक्लागण्डकीमा ‘स्लो टु ह्वीलर रेश’ प्रतियोगिता हुने भएको छ । शुक्लागण्डकी युवा शक्तिको आयोजना र इलाका ट्राफिक प्रहरी कार्यालय बेलचौताराको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । 
विहिवार दुलेगौंडामा आयोजित पत्रकार सम्मेलनमा युवा शक्तिका राजेश पाण्ेडले आगामी असोज २५ गते शुक्लागण्डकी नगरपालिका परिसरमा प्रतियोगिता हुने जानकारी दिए ।  प्रतियोगितामा महिला पुरुष छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । दुवै समूहको विजेताले ५ हजार रुपैयाँ जित्नेछन् । प्रतियोगितामा सहभागी हुनलाई १ सय ५० रुपैयाँ शुल्क लाग्नेछ । दर्ता खुला गरिएको शुक्लागण्डकी युवा शक्तिका संयोजक राजेश पाण्डेले जानकारी दिए ।  प्रतियोगितामा सहभागिताकालागि दुई पाङ्ग्रे सवारीको अनिवार्य सवारी चालक अनुमति पत्र हुनेपर्ने र हेलमेट लगाउनुपर्ने छ । पृथ्वीराजमार्ग विस्तारसँगै बढ्दो दुर्घटना न्यूनिकरणकालागि सो कार्यक्रम गर्न लागिएको हो । ‘चाडपर्व पनि नजिकिएको छ, पाण्डेले भने, सवारी आवतजावत पनि बढि हुन्छ, त्यसैले सिकाई मनोरञ्जन र सहभागिताको साथ भन्ने नाराका सा प्रतियोगिता गरिएको हो ।’ इलाका प्रहरी कार्यालय बेलचौताराका निमित्त प्रमुख प्रहरी निरिक्षक गोविन्दलाल कर्णले सचेतनाको अभियानमा प्रहरीसँगै जनताकोबीचमा रहने बताउदै सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस
↑