दुलेगौंडामा लखमरी बनाउने ३ दिने तालिम सुरु
दुलेगौंडा, १७ असोज । अरिदेव नेवा मिसा पुचको आयोजनामा लखमरी बनाउने ३ दिने तालिम सुरु भएको छ । सो तालिमको शुक्लागण्डकी नगरपालिका वडा नंं ४ का अध्यक्ष राजकुमार वाग्लेले उद्घाटन गर्दै सिकेका सिपलाई आर्थिक उपार्जनमा लगाउनुपर्नेमा जोड दिए । अरिदेव नेवा मिसा पुचकी अध्यक्ष शोभा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विर्सना श्रेष्ठ, लगायतले बोलेका थिए । शुक्लागण्डकी नगरपालिका–४ को आर्थिक सहयोगमा भएको तालिममार्फत स्थानीय महिलाहरूलाई परम्परागत सीपसँगै आयआर्जन तथा उद्यमशीलतामा जोड्ने उद्देश्य राखिएको छ । लाखामरी ९लाखभरी० एक परम्परागत नेवारी मिठाई हो, जुन विशेषगरी विवाह, चाडपर्व ९जस्तै तिहार० र मांगलिक कार्यहरूमा बनाइन्छ । यो खाँदा बाहिरबाट कुरुम–कुरुम (क्रिस्पी) र भित्र अलि नरम तथा गुलियो हुन्छ ।









प्रतिकृया दिनुहोस