नेपथ्य लाइभ इन शुक्लागण्डकीको सचिवालय उद्घाटन
दुलेगौंडा, २२ असोज । लायन्स क्लब अफ शुक्लागण्डकीले आयोजना गरेको नेपथ्य लाइभ इन शुक्लागण्डकीको सचिवालय बेलचौतारामा उद्घाटन गरिएको छ । फस्ट भाईस डिष्ट्रिक गभर्नर किशोर बरालले बेलचौतारामा स्थापित सो कार्यालयको बुधवार उद्घाटन गरेका हुन् । सो अवसरमा उनले कार्यालय स्थापनासँगै तयारीमा जुट्नुपर्नेमा जोड दिए । लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष देवेन्द्र ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व गभर्नर चण्डि प्रसाद अर्याल, लायन्स लिडर सुजित हिराचन, कार्यक्रम संयोजक खुम बहादुर विक राजु, क्लवका पूर्व अध्यक्ष सुमन सापकोटा, तनहुँ शुक्लागण्डकी टाउनका अध्यक्ष सफल आले लगायतले कन्सर्ट सफल बनाउन सबैको साथ र सहयोग आवश्यक पर्ने बताएका थिए । नेपथ्य लाईभ मंसिर १२ मा बेलचौतारास्थित भानुभक्त बहुमुखी म्याम्पसको खेल मैदानमा हुँदै छ ।









प्रतिकृया दिनुहोस