• आइतबार ६-२५-२०८३/Sunday 10-11-2026
  • 06:02:02
  • ON AIR Kayakairan
  • UP NEXTNepali Bahas

शुनपा–११ मा मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम, लागुपदार्थ दुव्र्यसनी सम्बन्धि सचेतना 

दुलेगौंडा, २३ असोज । तनहुँको शुक्लागण्डकी–११ स्थित ढोर फूलबारी शहिद अस्पतालमा मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम, लागुपदार्थ दुव्र्यसनी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएकोे छ । ढोर फूलबारी सहिद अस्पताल, प्रदेश जनस्वास्थ्य कार्यालय दमौली, जिल्ला प्रशासन कार्यालय तनहुँको सहकार्यमा सो कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले मानसिक स्वास्थ्य पछिल्ला दिनमा जटिल समस्याको रुपमा देखा परेको बताउदै सबैले आफ्नो तहबाट जिम्मेवार भूमिका निर्वाह गर्नूपर्नेमा जोड दिए । 
प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीले मानसिक स्वास्थ्यलाई सामान्य रुपमा नलिई परामर्श र उपचारतर्फ लैजानुपर्ने बताए ।   अस्पताल व्यवस्थापन समितिका सदस्य एवम् वडा नं। १० का अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल अधिकृत डा। विज्ञान क्षेत्री, जनस्वास्थ्य अधिकृत सन्ध्या पौडेल, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठ, मनोसामाजिक परामर्शकर्ता विजया पौडेल, शुक्लागण्डकी आयुर्वेद शाखा प्रमुख वरिष्ठ कविराज निरीक्षक गोपालप्रसाद श्रेष्ठ लगायतले मानसिक स्वास्थ्य, योग, मनोसामाजिक परामर्श तथा लागुऔषध नियन्त्रणसम्बन्धी विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, प्रहरी, सञ्चारकर्मी, युवा क्लबका प्रतिनिधि, समाजसेवी, नागरिक अगुवा तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस
↑