• सोमबार ६-२६-२०८३/Monday 10-12-2026
  • 05:16:26
  • ON AIR Bhakti Darshan
  • UP NEXTShuklagandaki Samachar

सिद्धार्थ सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न

दुलेगौंडा २५ असोज । 
तनहुँको शुक्लागण्डकी–३, कावासेमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा आईतवार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष तीर्थराज गर्तौलाको अध्यक्षतामा आयोजित सभामा बोल्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुले छरिएर रहेका पुजीलाई एकत्रित गर्न सहकारीले महत्त्वपूर्ण भूमिका रहेको बताए ।   जिल्ला सहकारी संघ, तनहुँका सचिव पदमबहादुर बानियाँ, शुक्लागण्डकी–३ का वडाध्यक्ष सचिन भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

संस्थाका उपाध्यक्ष बिर्सना श्रेष्ठले स्वागत र सचिव तिलबहादुर कार्कीले सञ्चालन गरेका थिए । सभामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी, शेयर सदस्य तथा कर्मचारीहरूको उपस्थिति थियो।

सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो। साथै, संस्थाको विकास, आर्थिक पारदर्शिता, सुशासन तथा सदस्यहरूको हितका विषयमा समेत चर्चा गरिएको थियो।

सभाका अवसरमा ५४ जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो। त्यस्तै, शेयर सदस्यका सन्तानमध्ये एसईई उत्तीर्ण दुई जना र स्नातक तह उत्तीर्ण दुई जना गरी चार जना विद्यार्थीलाई शैक्षिक उपलब्धिका लागि सम्मान गरिएको थियो।

संस्थाको स्थापना, विकास र प्रगतिमा योगदान पुर्‍याउने संस्थापक सदस्य, संस्थापक अध्यक्ष, पूर्व सञ्चालक समिति सदस्य तथा विभिन्न उपसमितिका सदस्यहरूलाई पनि सम्मान गरिएको थियो।

सम्मान कार्यक्रमले ज्येष्ठ सदस्यप्रति सम्मान, विद्यार्थीलाई शैक्षिक क्षेत्रमा अघि बढ्न प्रोत्साहन तथा संस्थामा योगदान पुर्‍याउने व्यक्तिहरूको कदर गर्ने उद्देश्य राखेको संस्थाले जनाएको छ।

सभाले सहकारीप्रतिको विश्वास, आपसी सहकार्य र संस्थागत एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
 

प्रतिकृया दिनुहोस
↑