• मंगलबार ६-६-२०८३/Tuesday 09-22-2026
  • 09:52:38
  • ON AIR shruti Sambeg
  • UP NEXTShuklagandaki Samachar (Local)

दशैको मुखमा व्यावसायिक महोत्सव नगर्न  नगर उद्योग वाणिज्य संघको आग्रह

दुलेगौंडा, ६ असोज । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले शुक्लागण्डकी नगरपालिकाभित्र सञ्चालन हुन लागेको दशै महोत्सवलाई व्यावसायिकको  सट्टा सांस्कृतिक मेलाका रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । 
नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रष्ठको नेतृत्वमा  शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितलाई मंगलवार ध्यानाकर्षणपत्र प्रदान गर्दै सो आग्रह गरेको हो । संघले  स्थानीय कला, संस्कृति, परम्परा तथा मौलिकताको संरक्षण र प्रवद्र्धन हुने गरी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । शुक्लगण्डकी युवा क्लवले असोजको ८ गतेबाट वडा नं. ४ स्थित हेल्थपोष्टचोकमुनिको खाली चौरमा दशै मेला गर्ने तयारी गरिरहेको छ ।
दशै तिहार जस्ता प्रमुख चाडपर्वको अगाडी स्थानीय उद्योगी तथा व्यवसायीले महत्वपूर्ण व्यापार व्यवसाय गर्ने अपेक्षा राखेका हुन्छ । यस्तो समयमा बाह्रय व्यवसायी तथा ठेकेदारमार्फत ठूलो संख्यामा व्यवसायिक स्टल राखि महोत्सव सञ्चालन गरिएमा स्थानीय व्यवासयीको व्यापारमा प्रत्यक्ष असर पर्न गई आर्थिक रुपमा ठूलो मर्का पर्ने र निराशा उत्पन्न हुन सक्ने देखिन्छ, ध्यानाकर्षण पत्रमा भनिएको छ । 
त्यसैले उक्त कार्यक्रमलाई व्यवसायिक मेला नबनाई स्थानीय कला, संस्कृति, परम्परा, मनोरञ्जन तथा पहिचानलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ । साथै यस विषयमा सत्यतथ्य बुझि अनुगमन गरि व्यवसायिक हितलाई ध्यानमा राखि सञ्चालनकालागि सहजिकरण गर्न भनिएको छ । 
 

प्रतिकृया दिनुहोस