• आइतबार ६-४-२०८३/Sunday 09-20-2026
  • 04:06:33
  • ON AIR Your Choice
  • UP NEXTShuklagandaki Samachar

दुलेगौंडामा आयोजित खुल्ला तीज गीत प्रतियोगिताको तयारी तिव्र

दुलेगौंडा, २८ भदौ । नेपाली दिदी बहिनीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नं. ४ ले आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगिताको तयारी तिव्र पारिएको छ । 
तीजको दिन भदौ २९ गते हुने प्रतियोगितामा प्रथम हुने समुहले नगद २५ हजार, द्धितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वना हुने समुहले ५ हजार रुपैया साथमा प्रमाणपत्र प्राप्त गर्ने वडा व्यवस्थापन समितिका सचिव उपेन्द्रलाल श्रेष्ठले जानकारी दिए । साथै उत्कृष्ट नृत्य र भेषभुषालाई नगद २ हजार र प्रत्येक सहभागी समुहलाई १५ सय र प्रमाणपत्र प्रदान गरिने श्रेष्ठले बताए । 
रसुवामा आएको बाढिबाट विभिन्न जिल्लामा ठूलो क्षति भएपनि दिदीबहिनीले दुःखसुखका विषय  उतार्ने भएकाले प्रतियोगितालाई निरन्तरता दिइएको सभापति बालकृष्ण विकले बताए । साथै तीज पर्वको मौलिकता कायम गर्दै संस्कृति संरक्षणकालागि समेत टेवा पुग्ने उनको भनाई छ । उनका अनुसार कार्यक्रममा यस क्षेत्रका दुई जना व्यवासायीलाई सम्मान गरिने छ । साथै चर्चित लोकदोहोरी गायिका शिला आले र बुगीबुगी नृत्य प्रतियोगिताका फस्र्ट रनर अफ प्रगति पुनको प्रस्तुती समावेश छ । दुलेगौंडास्थित विपिचोकमा हुने प्रतियोगितामा सहभागी हुन समुहले भदौ २९ विहान १० बजेसम्म दर्ता गराईसक्नुपर्ने प्रतियोगिता संयोजक रिता कुमारी श्रेष्ठले जानकारी दिईन् । 
 

प्रतिकृया दिनुहोस