• बुधबार ७-२८-२०८१/Wednesday 11-13-2024
  • 04:17:58
  • ON AIR
  • UP NEXTBhakti Darshan

‘शिक्षालयमा समयसापेक्षा विषयको पढाई हुनुप¥यो’

दुलेगौंडा, २४ कार्तिक । तीन दशक अघि स्थापित तनहुँ प्राविधिक शिक्षालयको दिगो विकासकालागि पालिकाहरुको सहयोग हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । साथै उनीहरुले समयसापेक्ष विषयको अध्यापन गराउनुपर्नेमा जोड दिए । शुक्रवार भिमाद–६ स्थित शिक्षालयको दिगो विकासकालागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । 


कार्यक्रममा बोल्दै तनहुँ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले भिमादकै गहनाको रुपमा रहेको शिक्षालयको विकासकालागि छिमेकी पालिकाहरुले समन्वका साथै सहयोग गर्नुपर्नेमा जोड दिए । उनले छिमेकी पालिकाहरुबाट निश्चित संख्यामा विद्यार्थीलाई छात्रवृत्तिमा बाली विज्ञान विषयमा अध्ययनकालागि पठाउन सकेन शिक्षालयको निरन्तरता रहने बताए । पूर्व मन्त्री समेत रहेका भाण्डारीले कृषि प्रधान मुलुकमा कृषिको राष्ट्रिय निति नबन्नु दुर्भाग्य भएको टिप्पणी गरे । संविधान सभा सदस्य आशा कोइरालाले अभिभावक र विद्यार्थीको कृषिप्रति आकर्षण कम भएर विद्यार्थी नआएको बताउदै अन्य विषय थप गरेर भएपनि सञ्चालन गर्नुपर्ने उल्लेख गरिन् । पूर्वमन्त्री समेत रहेकी कोइरालाले तालिम केन्द्रकै रुपमा अघि बढाएर दक्ष÷सिपयुक्त बनाउन सके आकर्षण बढ्ने बताइन् । प्रदेश सभा सदस्य जित प्रकाश आलेले राज्यको लगानीप्रति तीनै तहका सरकार र सरोकारवाला गम्भिर भएर सोच्नुपर्ने समय आएको बताए ।   भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले नगरकोतर्फबाट प्रत्येक वर्ष अध्ययनकोलागि चार जनालाई छात्रवृत्ति दिने गरेपनि विद्यार्थी पाउन नसकिएको बताउदै अब समयसापेक्ष चल्नुपर्नेमा जोड दिए । 


शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतम, सिटीइभिटी गण्डकीका उपनिर्देशक जिवन प्रसाद भण्डारी, भिमाद नगरपालिका वडा नं. २ का अध्यक्ष पदमराज सेन ठकुरी, वडा नं. ४ का अध्यक्ष रामकृष्ण राना, वडा नं. ६ का अध्यक्ष श्यामसुन्दर जोशी, बरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, जनज्योती क्याम्पसका प्रमुख केशव काफ्ले, तनहुँ प्राविधिक शिक्षालयका प्रमुख प्रदिपराज पौडेल, कार्यक्रम संयोजक अमिर ढकाल लगायतले समुदायको माग अनुसार शिक्षालाई बदल्नुपर्ने बताएका थिए । 
 
बाली विज्ञान विषयमा पहिलो वर्षमा पटक पटक म्याद थप गरिदा पनि सो शिक्षालयमा विद्यार्थी भर्ना भएका छैनन् । भर्ना हुने समय कार्तीक मसान्तसम्म थप गरिएको छ । बाली विज्ञानको पढाईसँगै छोटो अवधिको तालिम, सिप परिक्षण र कृषि प्राविधिक तथा परामर्श सेवा शिक्षालयबाट हुदै आएको छ । पहिलो ब्याच २०७४ मा ३७ जना विद्यार्थी भर्ना भएका थिए । साथै २०७५ मा ३५ जना, २०७६ मा २६ जना, २०७७ मा ३६ जना, २०७८ मा २८ जना, २०७९ मा १८ जना, २०८० मा ६ जना भर्ना भएका थिए । भर्ना भएका कुल १ सय ८६ विद्यार्थीमध्य१ सय ६१ जना विद्यार्थी उर्तीण भएका शिक्षालयका प्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार २५ जनाले बिचमै छोडेका छन् । वि.स. २०४८ सालमा तत्कालिन ग्रामिण तालिम केन्द्रका रुपमा स्थापित भएको केन्द्र शैक्षिक शत्र २०७४÷०७५ बाट डिप्लोमा कृषि (बाली विज्ञान) कार्यक्रमसँगै तनहुँ प्राविधिक शिक्षालयमा नामाकरण भएको हो । करिव २२ रोपनी क्षेत्रफलमा फैलिएको सो शिक्षालयमा प्राविधिक, प्रशाशनिक र अन्य गरि १८ जना कर्मचारी कार्यरत छन् ।

प्रतिकृया दिनुहोस