• बुधबार ७-२८-२०८१/Wednesday 11-13-2024
  • 04:27:16
  • ON AIR
  • UP NEXTBhakti Darshan

बाराही सामुदायिक स्वास्थ्य सहकारीमा पुनः ज्ञानप्रसाद

दुलेगौंडा, २२ कार्तिक । 
तनहुँको शुक्लागण्डकी–४, दुलेगौंडामा रहेको बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः ज्ञान प्रसाद भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । विहिवार दुलेगौंडामा सम्पन्न भएको पाँचौ साधारणसभा एवम् दोस्रो अधिवेशनबाट भण्डारी सर्वसम्मत भएका हुन् । उपाध्यक्षमा फडिन्द्र पौडेल, सचिवमा विष्णु प्रसाद अर्याल, कोषाध्यक्षमा सपना पराजुली रहेका छन् । सदस्यहरुमा सुमन सापकोटा, विवेक वाग्ले, शोभा न्यौपाने, सुजन कुमाल वाग्ले र लक्ष्मी श्रेष्ठ छन् । लेखा समिति संयोजकमा बालकृष्ण लम्साल चयन भए । अधिवेशनको शुक्लागण्डकी नगरपालिका वडा नंं ४ का अध्यक्ष राजकुमार वाग्लेले उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष ज्ञान प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिका आर्थिक विकास शाखा प्रमुख नवराज पण्डित, सचिव विष्णु प्रसाद अर्याल लगायतले बोलेका थिए । सो सहकारीमा हाल ३ सय ४२ सदस्य आवद्ध छन् ।

प्रतिकृया दिनुहोस