दुरुङ्चुङ रुद्राक्ष समाजमा एकनारायण
दुलेगौंडा, २२ कार्तिक । शुक्लागण्डकीमा दुरुङ्चुङ रुद्राक्ष समाज गठन गरिएको छ । विहिवार गठन गरिएको समाजको संयोजकमा एक नारायण भण्डारी रहेका छन् । संरक्षक एवम् सल्लाहकारमा किरण पौडेल, सह–संयोजकमा लक्ष्मण पुरी, सचिवमा सुमन तिम्सिना, कोषाध्यक्षमा सीता पौडेल चयन भए । सदस्यहरुमा आजा पौडेल, हरि खरेल, सुरज भण्डारी र दुर्चन श्रेष्ठ रहेका छन् । सनातनदेखि वेद,पुराण,रामायण, महाभारत जस्ता धार्मिक तथा ऐतिहासिक प्राचीन ग्रन्थहरूमा रुद्राक्षलाई सकारात्मक ऊर्जा प्रदान गर्ने ,मानसिक शान्ति प्रदान गर्ने, आध्यात्मिक चेतनालाई जागृत गराउने पवित्र शक्तिको रूपमा मानिएकोले यसको धार्मिक,ऐतिहासिक र वर्तमान महत्त्व वर्तमान समाज समक्ष पुनर्जागरण गराउने उद्देश्यले समाज गठन गरिएको हो । समाज नेपालमै पहिलो पटक गठन गरिएको सह–संयोजक पुरीले बताए ।
प्रतिकृया दिनुहोस