• बिहीबार ७-२९-२०८१/Thursday 11-14-2024
  • 09:39:29
  • ON AIR Gam Besika Bhaka
  • UP NEXTShuklagandaki Samachar

एकादशी मेलामा स्थानीय उत्पादनबारे तथ्यांक संकलन

दुलेगौंडा, २७ कार्तिक । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नं. ४ ले पुल्चोक क्षेत्रमा लागेको एकादशी मेलामा स्थानीय उत्पादनबारे तथ्यांक संकलन गरेको छ । 
परम्परादेखिनै स्थानीय उत्पादनको विक्रिकोलागि मेलालाई उपयोग गर्दै आएकोमा पछिल्ला समयमा भने स्थानीय भन्दा पनि अन्य बस्तुले प्राथमिकता पाउन थालेको पाईको वडा सभापति बालकृष्ण विकले जानकारी दिए । उनले करिव २ दर्जन किसानको विवरण लिइएको बताए । उनका अनुसार तनहुँसँगै कास्की, गोर्खा, नुवाकोटका विभिन्न स्थानमा उत्पादित बस्तुहरु विक्रिको लागि ल्याइएको पाइएको छ । आफै उत्पादन गरेका सुन्तला, अमला, केराका साथै बुनेका नाङलो, भकारी, डालो विक्रिकालागि ल्याइएको विकले उल्लेख गरे । ‘पहिले पहिले तरुल, सखरखण्ड लगायतका बस्तुहरु विक्रिका लागि ल्याइन्थ्यो, उनले भने, त्यस्ता उत्पादन हिजोआज पाइएन । यस तथ्यांकले आगामी दिनमा उनीहरुको उत्पादनलाई बजारिकरण गर्न सहयो गर्ने वडा व्यवस्थापन समितिका उपुसभापति सुबिल श्रेष्ठले बताए । ‘हाटबजार सञ्चालन गर्दा होस कुनै महोत्सव उनीहरुका उत्पादनमा बजारिकरणमा सहयोग हुने छ,’ उनले भने । मंगलवार पुल्चोक क्षेत्रमा सभापति विकको नेतृत्वमा पदाधिकारी र सदस्यहरु विवरण संकलनका लागि खटिएका थिए । वडा नं.४ र ८ को संमगलस्थल पुल्चोक क्षेत्र दुलेगौंडाको पुरानो बजार पनि हो । सयौं वर्षदेखि सो स्थानमा स्वतस्फूर्त रुपमा हजारौंका संख्यामा तनहुँसंगै स्याङजाका विभिन्न क्षेत्रबाट भक्तजन आउने गर्दछन् ।

प्रतिकृया दिनुहोस