कालिका बहुमुखी क्याम्पसको ३३ औं क्याम्पस सभा
दुलेगौंडा, २२ कार्तिक । पोखराको कालिका बहुमुखी क्याम्पसको ३३ औं क्याम्पस सभा बिहीबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक प्रतिवेदन पारित गर्नुको साथै आगामी वर्षको प्रस्तावित बजेट एवं कार्यक्रम सर्वसम्मत पारित गरेको छ ।
सभाले आगामी वर्षको लागि ६ करोड ८ लाखको प्रस्तावित बजेट पारित गरेको हो । जसको लागि आगामी वर्ष क्याम्पसमा अनुसन्धान केन्द्र स्थापना गर्नेदेखि पुस्तकालयको विस्तार र भवन मर्मत सम्भारका कार्यक्रम छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम क्याम्पसकी पूर्वअध्यक्ष प्रेमकुमारी केसीको प्रमुख आतिथ्यतामा भएको हो । सो अवसरमा उपस्थित सिनेटरहरूले क्याम्पसको क्षैक्षिक एवं भौतिक विकासका लागि सुझाव प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस