• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 10:15:32
  • ON AIR Hello Shuklagandaki
  • UP NEXTNepal Khabar

ढोरफिर्दीमा १९ औं तीज कप एवम् विविध साँस्कृतिक कार्यक्रम हुने

दुलेगौंडा, २ भदौ ।  तनहुँको शुक्लागण्डकी–८, गाउँफर्कोदय माविको खेल मैदानमा १९ औं तीज कप, तीज गीत प्रतियोगिता एवम् विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । हरितालिका तीज–२०८१ को अवसरमा जनसेवा स्पोटर्स क्लवले आगामी भदौ १५ देखि २१ गतेसम्म सो कार्यक्रम गर्न लागेको हो । 

खेलकुद एवम् विविध कार्यक्रमको माध्यमबाट छरिएर रहेका युवा शक्तिलाई एकिकृत गर्दै समाजको विकासमा टेवा पु¥याउने उदेश्यले तीज कप सेभेन ए साईड अन्तर क्लव स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता गर्न लागेको क्लव अध्यक्ष बील बहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने समुहले नगद ८८ हजार ८ सय ८८, द्धितीयले ४४ हजार ४ सय ४४ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । साथै उत्कृष्ट खेलाडीलाई नगद ३ हजार, सर्वाधिक गोलकर्ता, गोल रक्षक, डिफेन्डर उदयाीमान खेलाडीलाई २÷२ हजार रुपैया प्रदान गरिने छ । प्रतियोगितामा सहभागि हुन भदौ १४ गतेसम्म समुह दर्ता गरिसक्नुपर्ने क्लव अध्यक्ष गुरुङले बताए । 

महिलाहरुको महान पर्वत हरितालिका तिजको अवसरमा भेला भएर गीत गाउने, नाच्ने ठाउँको रुपमा विकसित हुदै गएको यस क्षेत्रलाई खेलकुदका गतिविधि समेत हुदै आएको छ । विविध साँस्कृतिक कार्यक्रमकासाथै सरसफाई समेत गरिने क्लवले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस