• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
  • 06:41:34
  • ON AIR Nepali Bahas
  • UP NEXTShuklagandaki Samachar

दुलेगौंडा क्षेत्रमा डेंगीबारे सचेतना

दुलेगौंडा, ९ साउन । शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखाले दुलेगौंडा क्षेत्रमा  डेंगीबारे सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. ४ अध्यक्ष राजकुमार वाग्ले, सदस्यहरु, शाखामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयमसेविका लगायतको उपस्थितिमा सचेतामुलक प्लोकार्डसहित दुलेगौंडा, गाछेपानी, गल्छिना लगायतका क्षेत्रका घरमा पुगेर सङ्क्रमण र बच्ने उपायबारे जानकारी गराइएको हो । वडा अध्यक्ष वाग्लेले वडावासीलाई सुरक्षित व्यवहारका लागि आग्रह गरे । उनले डेंगी मात्र होइन अन्य संक्रामक रोगबाट पनि बच्न खानपिनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

एडिस एजिष्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग डेंगी भएकाले घर आगन, छरछिमेक, विद्यालयहरुमा पानी जम्ने खाल्डा खुल्डी पुर्ने, फुलदानीको पानी हप्तै पिच्छे बदल्ने, पानि जम्न नदिने विषयमा वडावासीको ध्यानाकर्षण गराइएको स्वास्थ्य शाखा प्रमुख ढाल बहादुर थापाले बताए । एडिस एजिष्टाई जातको लामखुट्टेले सफा पानीमा फुल पार्ने भएकाले पानी जम्न नदिने, लार्भा नष्ट गर्ने, लामखुट्टेको टोकाईबाट बच्न पुरै शरिर ढाक्ने लुगा कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने उनको भनाई छ ।  गत वर्ष तनहुँमा महामारीकै रुपमा फैलिएको डेंगी यस वर्ष त्यति धेरै मात्रामा देखिएको छैन । राजमार्ग विस्तारका क्रममा घरबाट निस्कने फोहोरको पानी पोखरीको रुपमा रहेकाले दुलेगौंडा क्षेत्रमा सङ्क्रमण तिव्र रुपमा फैलने सम्भावना भने उच्च छ । 

प्रतिकृया दिनुहोस