• आइतबार १-१६-२०८१/Sunday 04-28-2024
  • 01:29:57
  • ON AIR
  • UP NEXTBhakti Darshan

चैतको अन्तिम साता प्रथम पञ्चमुनिदेव एसइई कप छात्र तथा छात्रा भलिबल प्रतियोगिता हुने 

दुलेगौंडा, ३ चैत । चैतको अन्तिम साता प्रथम पञ्चमुनिदेव एसइई कप छात्र तथा छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । तनहुँको दुलेगौंडास्थित पञ्चमुनिदेव माविको आयोजनामा चैतको २८ देखि ३० गतेसम्म विद्यालय प्राङ्गणमा सो प्रतियोगिता हुने भएको हो । विद्यालयको २०८० सालको एसइई परिक्षामा सहभागि खेलाडीले मात्र सो प्रतियोगितामा भाग लिने पाउनेछन् । प्रतियोगितामा छात्रतर्फ प्रथम र द्धितीय हुने समुहले नगद ३० हजार र २० हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । 

यसैगरी बेष्ट प्लेयर, लिफ्टर, स्पाईकर र ब्लकरलाई समेत पुरस्कारको व्यवस्था गरिएको विद्यालयका शिक्षक राजेन्द्र लम्सालले जानकारी दिए । छात्रातर्फ प्रथमलाई १० हजार र द्धितीयलाई ५ हजार रुपैया साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । दर्ता निशुल्क रहेको सो प्रतियोगितामा सहभागिताकोलागि चैत २७ गतेभित्र समुह दर्ता गराईसक्नुपर्ने विद्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस