शुक्लागण्डकी सहकारी संघमा रेशमलाल
दुलेगौंडा, १९ फागुन । नगर भित्रका सहकारीका प्रतिनिधीहरुको भेलाले शुक्लागण्डकी सहकारी संघ गठन गरेको छ ।
म्याग्दे–६ मुलबराहीमा शनिवार भएको भेलाले शुलभ साकोसका अध्यक्ष रेशमलाल पौडेलको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा तारादेबी अधिकारी ( साना किसान ) ,सचिबमा हरिराज अधिकारी ( बेलचौतारा साकोस ) कोषाध्यक्षमा मान कुमार तिम्ला ( उन्नति कृषि ) रहेका छन् ।
सदस्यहरुमा बिरेन्द्र कुमार श्रेष्ठ ( मिलन साकोस ), शुसिला गुरुङ ( खैरेनीटार महिला ) , हरि तिम्सिना (सहज साकोस ) ,श्याममाया राना (रुपान्तर कृषि ) रामजी पौडेल ( नेपाल साकोस ) रहेका छन् । सोहि अवसरमा सहकारीको अवस्था, चुनौती र आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा अन्तरक्रिया गरिएको थियो ।
प्रतिकृया दिनुहोस