• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
  • 06:11:56
  • ON AIR Kayakairan
  • UP NEXTNepali Bahas

शुनपाका वडाहरुलाई बजेटको सिलिङ, बढिमा १ करोड २६ लाख, न्यूनतम ७९ लाख

दुलेगौंडा, ३१ जेठ । आगामी आर्थिक वर्ष २०८१÷८२ कालागि शुक्लागण्डकी नगरपालिकाको वडाहरुमा बढिमा १ करोड २६ लाख र घटिमा ७९ लाख रुपैयाको शिलिङ पाएका छन् । 

सबैभन्दा बिढि वडा नं. ५ ले १ करोड २६ लाख ६८ हजार ९ सय १८ र सबैभन्दा कम वडा नं. ४ ले ७९ लाख १६ हजार ५ सय ८९ रुपैयाको सिलिङ पाएका हुन् । १२ वटा वडामा कुल ११ करोड ८७ लाख ३४ हजार रुपैयाका सिलिङ तोकिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए । भुगोल २५ प्रतिशत, जनसंख्या ४५ प्रतिशत, राजश्व संकलन, समग्र विकासको स्थिति र वडाको कार्यसम्पादन १० प्रतिशतलाई आधार बनाएर सिलिङ तोकिएको हो । वडा नं. १ ले ९४ लाख ३१ हजार, वडा नं. २ ले १ करोड १६ लाख ८१ ह्जार, वडा नं. ३ ले ८७ लाख ८५ हजार, वडा नं. ६ ले ९७ लाख २३ हजार, वडा नं. ७ ले ९९ लाख ५७ हजार, वडा नं. ८ ले १ करोड १२ लाख, वडा नं. ९ ले ८० लाख ७० हजार, वडा नं. १० ले १ करोड ६ लाख ३१ हजार, वडा नं. ११ ले ९१ लख २० हजार र वडा नं. १२ ले १ करोड १८ लाख रुपैयाको सिलिङ तोएिको छ । कार्यसम्पादनलाई आधारमान्दा जेठ अन्तिम सम्ममा केहि रकम बढ्न सक्ने लामगादेले जानकारी दिए । 


वडाले पाएको सिलिङको आधारमा वडा तहको योजना छनौट तथा प्राथमिकिरण गरिने छ ।  वडा तुर्जमा भेला वडा नं. ६ र ११ बाहेक सबै वडाले सम्पन्न गरिसकेका छन् । नगरको बजेट, निति तथा कार्यक्रम तयारी तालिका अनुसार जेठ २९ देखि असार १ गतेसम्म बजेत निति तथा  कार्यक्रम तर्जुमा समिति बैठक, असार ४ गते नगर कार्यपालिकाबाट बजेट निति तथा कार्यक्रम प्रस्ताव पारित गर्ने सुचि रहेको नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिए । उनका अनुसार असार ७ गते नगरसभामा बजेट निति कार्यक्रम प्रस्तुती गर्ने कार्यतालिका छ । स्थानीय तहलाई असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याइसक्नुपर्ने नीतिगत व्यवस्था छ । 
 

प्रतिकृया दिनुहोस