• आइतबार १-१६-२०८१/Sunday 04-28-2024
  • 02:11:49
  • ON AIR
  • UP NEXTBhakti Darshan

हरिनाशमा फागुन १७ देखि अध्यक्ष कप 

दुलेगौंडा, १३ फागुन । हरिनाश गाउँपालिकाले फागुन १७ देखि अध्यक्ष कप गर्ने भएको छ । हरिनाश–४, रोदीखोला खेल मैदानमा हुने प्रतियोगिता फागुन १९ सम्म सञ्चालन हुने छ । अध्यक्ष कप अन्तर्गत वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, वडास्तरीय महिला भलिबल प्रतियोगिता र वडास्तरीय पुरुष भेट्रान्स भलिबल प्रतियोगिता हुने पालिकाले जनाएको छ ।

 
वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले नगद ७५ हजार, द्धितीयले ६० हजार, तृतीयले ४५ हजार, सान्त्वनाले ३० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । यसैगरी वडास्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्धितीयले ४० हजार, तृतीयले ३० हजार, सान्त्वनाले २० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । वडास्तरीय पुरुष भेट्रान्सतर्फ प्रथम, द्धितीय, तृतीय र सान्त्वनाले क्रमशः  ५० हजार, ४० हजार, ३० हजार र २० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

वडावासीबीच एक आपसमा आत्मीयता र स्थानीय खेलाडी उत्पादनलाई प्रोत्साहन गर्नकोलागि प्रतियोगिता आयोजना गरिएको प्रवक्ता ओम प्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार ७ वटै वडाबाट सबै प्रतियोगितामा १÷१ समुह गरि कुल २१ समुहको सहभागिता रहने छ । 
v

प्रतिकृया दिनुहोस