• आइतबार १-१६-२०८१/Sunday 04-28-2024
  • 06:01:31
  • ON AIR Nepal Khabar
  • UP NEXTLok Chautari

शुक्लगण्डकी युवा क्ल्वको कभर्ड हल उद्घाटन, वडाद्धारा खेलकुदका सामग्री प्रदान

दुलेगौंडा, २८ माघ । शुक्लगण्डकी युवा क्ल्वले निर्माण गरेको कभर्ड हलको उद्घाटन गरिएको छ । वडा नं. ४ पुल्चोकमा निर्माण गरिएको सो हलको नगर उपप्रमुख खुम बहादुर विक राजुले उद्घाटन गरे । कुल ५४  लाख रुपैयामा भवन निर्माण गरिएको क्लव अध्यक्ष युवराज भट्टराईले जानकारी दिए ।

यसमध्य ३१ लाख नगरपालिकाबाट विभिन्न आर्थिक वर्षमा सहयोग भएको उनले बताए । कभर्ड हल निर्माणका लागि सहयोग आह्रान गरिएकोमा करिव २१ लख रुपैया संकलन भएकोमा बाँकी क्ल्वबाट खर्च गरि निर्माण सम्पन्न गरिएको हो । सो अवसरमा बोल्दै नगर उपप्रमुख खुम बहादुर विकले घरबाट बालबालिकालाई सभ्यता सिकाउनुपर्नेमा जोड दिदै दश जोड दुई सक्ने बित्तिकै स्वदेश छोड्ने विषयको कारण र समाधानका विषयमा बहस चलाउनु जरुरी भएको बताए । वडा नंं ४ का अध्यक्ष राज कुमार वाग्लेले वडामा खाली जग्गा भएको क्षेत्र पुल्चोक पनि सेती नदिको जोखिममा परेको बताउदै संघीय सरकारको यस विषयमा ध्यानाकर्षण भएको जानकारी दिए ।

निवर्तमान वडा अध्यक्ष शिव कुमार श्रेष्ठले वडामा खेलमैदान निर्माण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा आदर्श समाजका अध्यक्ष पदम बहादुर बानीया, समाजसेवी प्रकाश थापा, क्ल्व सचिव मिन बहादुर थापा लगायतले बोलेका थिए । सो अवसरमा वडाले १ लाख १० हजार रुपैया बराबरका विभिन्न खेल सामग्री क्लवलाई उपलब्ध गराएको थियो भने युवा सचेतना कार्यक्रम समेत गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस