• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 11:33:36
  • ON AIR
  • UP NEXT

शुक्लागण्डकी तेक्वान्दो  विकास समितिमा हरि 

दुलेगौंडा, २४ माघ । शुुक्लागण्डकीमा हरि तिमिल्सिनाको नेतृत्वमा शुक्लागण्डकी नगरपालिका स्तरीय तेक्वान्दो  विकास समिति गठन गरिएको छ ।

मंगलवार नगर परिसरमा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङको उपस्थितिमा समिति गठन भएको हो । उपाध्यक्षमा कृष्ण प्रसाद भुसाल, सचिवमा रन्जन परियार, कोषाध्यक्षमा बिष्णु थापा र सह सचिवमा संगीता थापा सर्वसम्मत भए । सदस्यहरुमा देउ माया नेपाली, धन बहादुर परियार, सुन माया थापा र युगेन थापा रहेका छन् ।

सो अबसरमा संघका उपाध्यक्ष लक्ष्मी पाण्डे, कोषाध्यक्ष माइकल कर्माचार्य र राष्ट्रिय खेलकुद परिषदका उप–निर्देशक बलराम लामा लगायतको उपस्थिति रहेको थियो । तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङका अनुसार कास्कीका ३, बाग्लुङका ३, पर्वतका २, नवलपुरका  ४ पालिकामा पालिका स्तरीय तेक्वान्दो  बिकास समिति गठन भइसकेको छ । तनहुँमा शुक्लागण्डकीसँगै म्याग्दे र व्यासमा पनि समिति गठनको तयारी  भइरहेको गुरुङले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस