• आइतबार १-१६-२०८१/Sunday 04-28-2024
  • 09:12:16
  • ON AIR BBC Nepali Sewa Saj Pakha
  • UP NEXTDifferent songs

दुलेगौंडामा तनहुँमै पहिलोपटक चर्चित कवि नवराज पराजुलीको कविता कन्सर्ट हुने

दुलेगौंडा, ११ असोज । युवाहरुमाझ लोकप्रिय तथा चर्चित कवि नवराज पराजुलीको तनहुँको शुक्लागण्डकीमा कविता कन्सर्ट हुने भएको छ । शुक्लागण्डकी–४ दुलेगौंडास्थित ह्वाइट हाउस पार्टी प्यालेसमा कार्तिक १८ शनिवार कविता कन्सर्ट हुने भएको हो ।

 

 

शुक्लागण्डकी सरोकार मञ्चको आयोजनामा हुने सो कन्सर्टको तयारी तिव्र पारिएको शुक्रवार दुलेगौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रमकोृ प्रचार प्रसार, प्रायोजनमार्फत सहयोग संकलन, टिकट विक्रिलाई तिव्रता दिइएको हो ।  कार्यक्रममा ४ सय बढिक सहभागि हुने मञ्चका अध्यक्ष सुरेश पौडेलले जानकारी दिए ।  कन्सर्ट दिउँसो ३ बजेबाट सुरु हुने छ । कवि पराजुलीले रिदम कँडेलको संगितमा कविता सुनाउनेछन् ।

साहित्य र कला क्षेत्रको प्रवद्र्धन गर्ने, संसारमा कम पढिने तर बढिी सुनिने कविताको महत्व दर्शाउने र साहित्यप्रति युवाको क्रेज बढाउने उद्देश्यले तनहुँमै पहिलोपटक सो कार्यक्रम गर्न लागिएको अध्यक्ष पौडेलले बताए ।  शुक्ला साहित्य संगम तनहुँका पूर्व अध्यक्ष नारायण श्रेष्ठले कवि पराजुलीको कविताहरु बच्चादेखि वृद्धसम्मलाई छुने खालका रहेको बताए । नहेरी धारा प्रवाह कविता सुनाउन सक्ने क्षमता भएका उनी कविता सुनाउन देश विदेशमा घुमिरेहेको उनले उल्लेख गरे । पराजुलीको कविता संग्रह ‘सगरमाथाको गहिराई’ले २०७४ मा पद्मश्री पुरस्कार प्राप्त गरेको थियो । समृद्ध शुक्लागण्डकीकालागि युवा अभियानका संयोजक शंकर पन्तले कवि पराजुलीको कन्सर्ट दुलेगौंडामा गर्न पाउदा खुसी लागेको बताउदै सहभागिताकोलागि अनुरोध गरे । पत्रकार सम्मेलनमा मञ्चका सचिव ऋषेश्वर भुवाई ऋतु, कोषाध्यक्ष अस्मिता खनाल लगायतले बोलेका थिए । 


कार्यक्रम हेर्ने दर्शकका लागि ३ सय रुपैयाको टिकट व्यवस्था गरिएको जनाईएको छ । अनलाईनमार्फत स्क्यान गरि पनि टिकट लिन सकिने छ । कार्यक्रम सम्पन्न गर्न करिव २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । शुक्ला साहित्य संगम तनहुँ र समृद्ध शुक्लागण्डकीकालागि युवा अभियानको सहआयोजनमा कार्यक्रम हुन लागेको हो । 
 

प्रतिकृया दिनुहोस