• आइतबार १-१६-२०८१/Sunday 04-28-2024
  • 08:01:58
  • ON AIR Badlido Nepal
  • UP NEXTNepal Khabar

सांगीतिक बजारमा ‘किसानी’ गित

२६ पुष, तनहूँ ।


गायक तथा सर्जक शंकर पन्तले ‘किसानी’ बोलको गित सांगीतिक बजारमा ल्याएका छन् । कृषि स्वाभिमानी पेशा हो भन्ने भाव बोकेको ‘किसानी’ गितको शब्द तथा लय शंकर पन्तले तयार गरेका हुन् । सर्जक पन्त र गायिका सुनिता बुढा क्षेत्रीद्वारा स्वरवद्व गितको भिडियोमा पन्त संगै नायिका अनु पराजुलीले कृषकको भुमिकामा अभिनय गरेकी छन् । जेरी भण्डारीले निर्देशन गरेको भिडियो शंकर पन्त युट्युब च्यानलमा राखिएको छ । कमाईकै लागि घर परिवार छाडेर विदेशिनु पर्ने वाध्यताको विकल्प पशुपालन र खेतीपाती हुनसक्छ भन्ने सम्भावना गित मार्फत देखाउन चाहेको पन्तले बताए । 


गितको सोमबार विमोचन गर्दै आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषि पेशातर्फ युवाको आकर्षण बढाउन कृषि उत्पादनको ब्राण्डिङ गर्ने योजनामा पालिका रहेको बताए । “अहिले गाईको दुध बेचेर कमाउने पैसाले किसान बाच्नु त परको कुरा गाई पनि बच्न सक्ने स्थिति छैन, दुध बेचेको पैसाले दाना पनि किन्न पुग्दैन, किसानलाई बचाउने हो भने कृषि उत्पादनलाई प्रोसेसिङ र ब्राण्डिङ गरेर बजार लैजानुपर्छ, आँबुखैरेनी गाउँपालिकाले गाउँगाउँमा लघु उद्योगहरु खोल्ने योजना बनाएको छ ।” गाउँ गाउँ सम्म गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र प्रविधियुक्त लघु उद्योग विस्तार गर्ने अभियान आँबुखैरेनी गाउँपालिकाले शुरु गरेको चुमानले बताए । किसानलाई गाउँमै रोकेर कृषि उत्पादन बढाउन गाउँमा आधारभुत सेवा उपलब्ध गराउन लागिपरेको चुमानको भनाई छ । 


विमोचन कार्यक्रममा बरिष्ठ लोक गायक पुर्षोत्तम न्यौपाने, हास्य कलाकार पुर्षोत्तम भण्डारी “पुर्खे बा” लगायतका कलाकारले आफ्नो प्रस्तुती मार्फत कृषिलाई स्थानीय सरकारको प्राथमिक एजेण्डा बनाउनुपर्नेमा जोड दिए । लायन्स क्लव अफ शुक्लागण्डकीको आयोजनामा सम्पन्न विमोचन समारोहमा कृषकहरु राम बहादुर विश्वकर्मा, देऊ नारायण श्रेष्ठ र हरि खड्कालाई सम्मान गरिएको थियो ।    

प्रतिकृया दिनुहोस