• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 11:51:45
  • ON AIR
  • UP NEXT

चिसापानी साना किसान कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा

दुलेगौंडा, ४ कार्तिक । स्याङजाको हरिनास–२ चिसापनीमा अवस्थित चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा चिसापानीमा शुक्रवार सम्पन्न भएको छ । 
सो अवसरमा बोल्दै ग्रामिण स्वावलम्बन कृषि सहकारी अर्जुनचौपारीका प्रबन्धक शालिग्राम काफ्लेले सहकारीले चेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । चेतनासँग तालिम र उद्यमी बनाउन ग्रामिण भेगमा स्थापित किसान सहकारीले सहयोग पु¥याउने उनको भनाई छ । उनले अब सहकारीले उत्पादित बस्तुको लागि बजार निर्माणमा समेत ध्यान दिनुपर्ने जरुरी रहेको उल्लेख गरे ।


हरिनास गाउँपालिका वडा नं. ३ का अध्यक्ष ओमप्रकाश सिग्देलले काम गर्ने जनशक्ति नहुदा गाउँमा व्यवसायिक रुपमा उत्पादन गर्न समस्या भइरहेको बताए । सहकारीले पशुपालन गर्ने किसानको आर्थिक क्षति न्यूनिकरण गर्ने उदेश्यले विमा कार्यक्रम गरिरहेको छ । चार वर्ष अघि स्थापना भएको सहकारीमा हाल ९ सय ३० सदस्य आवद्ध भएका सहकारीका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । सोहि अवसरमा पशु विमा गरेका किसानलाई विमा रकम हस्तान्तरण गरिएको थियो । 

प्रतिकृया दिनुहोस