• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
  • 01:20:17
  • ON AIR Sangit Darpan
  • UP NEXTShuklagandaki Samachar

घिरिङमा निशुल्क आखा शिविर

दुलेगौंडा, २५ पुष । तनहुँको घिरिङ गाउँपालिकास्थित सुन्धारामा भएको निशुल्क आखा शिविरमा ४ सय ४० जना आखा जाँच गराएका छन् । 


गाउँपालिकाको आयोजना र तनहुँ मगर समाज काठमाडौँको संयोजनमा ३ दिने निशुल्क आँखा शिविर भएको हो । शिविरमा २३ जनाले मोतियाविन्दुको शल्यक्रिया गरे । ३ जनालाई थप उपचारको लागी काठमाडौँ रिफर गरिएको छ । 


नेपाल आँखा अस्पताल काठमाडौँको प्राविधक सहयोग शिविर सञ्चालन गरिएकोे गाउँपालिका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । ‘गाउँका जनता स्वस्थ्व भए मात्र समग्र पालिकाको विकास हुन्छ उनले भने, गाँउपालिकाले यस्ता शिविर आवश्यकता अनुसार नियमित प्रदान गर्नेछ ।’ स्थानीय देव बहादुर रानाले गाउँमा आएर आखा जाँच गर्न पाएकोमा खुसी व्यक्त गरे ।
 

प्रतिकृया दिनुहोस