नेपाली काङग्रेस शुक्लागण्डकीको प्रवक्तामा मिलन
दुलेगौंडा, ५ मंसिर । नेपाली काङग्रेस शुक्लागण्डकी नगरकार्यसमितीको प्रवक्तामा मिलन पौडेल मनोनित भएका छन् । समितिको आज सम्पन्न दोस्रो पुर्ण बैठकले कोषाध्यक्षमा शुनपा–१० की अम्बिका गिरीलाई मनोनित गरेको छ ।
साथै शुक्लागण्डकी–४ कि मिठुमाया थापा र शुक्लागण्डकी –६ का शेर बहादुर के।सी नगर सदस्यमा मनोनित भएका छन् । बैठकले मंसिर महिनाभित्र निर्बाचन लक्षित घुम्ति बैठक सञ्चालन गर्ने निर्णय गरेको नगर सभापति कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।









प्रतिकृया दिनुहोस