नमस्ते गिफ्टको उपहार योजनामा अनिताले पाइन ५० हजारको वासिङ मेसिन
दुलेगौंडा, ५ मंसिर । घरको मांगलिक कार्यकोलागि सामग्री खरिद गरेकी शुक्लागण्डकी–५, सेराकी अनिता ढुंगानाले ५० हजार रुपैया पर्ने वासिङ मेसिन उपहारमा प्राप्त गरेकी छिन् । तनहुँको दुलेगौंडामा अवस्थित नमस्ते गिफ्ट एण्ड किचन सेण्टरले दशै, तिहारलाई लक्षित गर्दै आयोजित विशेष उपहार योजना अन्तर्गत सामसुङ कम्पनीको वासिङ मेसिन पाएकी हुन् । उनले १९ हजार रुपैया बराबरको सामान खरिद गरेकी थिइन् ।
शुक्रवार शुक्लागण्डकी नगरपालिका वडा नं। ४ का अध्यक्ष राजकुमार वाग्लेले शुक्रवार दिउँसो बाकसबाट निकालेको १५४८ नम्बरको कुपनलाई सो उपहार परेको सञ्चालक नारायण कुमार श्रेष्ठले जानकारी दिए । यसैगरी पोखरा–३३ की पिना थापा मगर ९चिट्ठा नं।११६२० लाई द्धितीय पुरस्कार परेको छ । उनले माइक्रो वेभ पाउनेछिन् । यसैगरी शुनपा–२ की सुनिता ढुंगाना ९चिट्ठा नं।१७१२० लाई तृतीय पुरस्कार परेको छ । सुनिताले ५ लिटरको स्टिल ट्री पे्रेसर कुमर पाइन् । सान्तवना २ जनाले ३ लिटरको प्रेसर कुकुर पाउनेछन् । शुनपा–२ की लक्ष्मी पुन९चिट्ठा नं।१००१० र वडा नं। ९ का पिना भुजेललाई ९चिट्ठा नं।१३०६० सान्त्वना पुरस्कार परेको सञ्चालक श्रेष्ठले बताए । उनका अनुसार ३ हजार रुपैयाको सामान खरिद गर्दा ग्राहकलाई एक वटा कुपन प्रदान गरिएको थियो । यस योजनामा करिव १ हजार ८ सय सहभागि थिए ।
सो अवसरमा वडा अध्यक्ष वाग्लेले नाफा आर्जन गरेको केहि रकम ग्राहकलाईनै उपहारबाट प्रदान गर्दा व्यवसाय प्रवद्धनमा सहयोग पुग्ने बताए । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले श्रेष्ठको २४ वर्षको व्यवसायिक यात्रासँगै आगामी दिनमा थप सफलताको कामना गरे ।









प्रतिकृया दिनुहोस