हरिबोधनी एकादशीमा पुल्चोक क्षेत्रमा एकादशी मेला, गरगहना नलगाई आउन अपिल
दुलेगौंडा, २९ कार्तिक । हरिबोधनी एकादशी ९तुलसीको विवाह ० को अवसरमा लाग्ने मेलालाई व्यवस्थित गर्न शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्थाले यसवर्षपनि विभिन्न तयारी गरेको छ । यस वर्ष आगामी मंसिर ४ गते हरिबोधनी एकादशी परेको छ । शनिवार शुनपा–८ स्थित शिवालय क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष परशुराम भण्डारीले एकादशी मेलालाई व्यवस्थित र सुरिक्षत बनाउन सबैको साँझा सहयोग रहने विश्वास व्यक्त गरे । उनले धार्मिक अनुष्ठान सहित फूल९तोरन० तारेर प्रत्येक वर्ष उत्सवको रूपमा मनाइने ऐतिहासिक एकादशी मेलामा भव्य र सभ्य रूपमा उपस्थित भइ आध्यात्मिक शक्तिको उच्चतम उपयोग गर्न आग्रह गरे । उनले एकादशिको दिन भिडभाढ बढि हुने भएकाले गरगहना नलगाई आउन भक्तजनलाई आग्रह गरे । एकादशीको दिन सेती नदिमा फूल तार्नै गरिन्छ । यसकालागि फूल संकलन र माला उनेर सहयोग गर्न अध्यक्ष भण्डारीले आग्रह गरेका छन् । मेलालाई मध्यनजर गर्दै सुरक्षा, सरसफाई, सेती नदि छेउमा सुरक्षित स्नान, शौचालय आदि विषयमा क्रमिक रुपमा छलफल भइरहेको संस्थाले जनाएको छ ।
यस दिन शुक्लागण्डकी–४ र ८ पुल्चोक क्षेत्रमा स्वतस्फूर्त एकादशी मेला लाग्ने गर्दछ । साथै सेती नदीमा स्नान र फूल तार्नेहरुको भिड लाग्ने गर्दछ । भक्तजनहरु तनहुँको शुक्लागण्डकी, स्याङजाको पुतलीबजार, हरिनाश, बिरुवा लगायत क्षेत्रबाट पुल्चोकमा आउने गर्दछन् । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर ’विष्णु’ को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा निदाएका विष्णु एकादशिका दिन ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ ।
श्री शुक्लाहिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्थाले शिवपाञ्चायन मन्दिर निर्माण गरिरहेको छ । १ करोड ३७ लाख रुपैयाको अनुमान गरिएपनि लागत बढ्ने देखिएको निर्माण समितिका संयोजक ज्ञान प्रसाद भण्डारीले जानकारी दिए । सेती नदि किनारमा अवस्थित शिवालय क्षेत्र श्री दुग्धेश्वर महादेवको पुरानो मन्दिर रहेको छ । किवदन्ती अनुसार झण्डै ५ हजार वर्ष पहिले शिव स्वरुप दुग्धेश्वर महादेवले आराम गरेको, शिवजीको आसन रहेको उर्जाशील शिला यहाँ रहेको छ ।









प्रतिकृया दिनुहोस