• सोमबार ७-२४-२०८३/Monday 11-09-2026
  • 05:32:02
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTKayakairan

टुकादेवीको दोस्रो कृति ‘अक्षरको गन्ध’ लघुकथा लोकार्पण

दुलेगौंडा, २२ कार्तिक ।  साहित्यकार टुकादेवी पौडेल आचार्यको ‘’अक्षरको गन्ध’’ लघुकथा सङ्ग्रहको शनिवार विमोचन गरिएको छ । शुक्ला साहित्य संगम तनहुँले दुलेगौंडामा आयोजना गरेको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुुमाकर न्यौपानेले  विमोचन गरे । लघु कथामा ५५ लघुकथा समावेश गरिएको छ । पञ्चमुनिदेव माविमा शिक्षिका समेत रहेकी आचार्यको यो दोस्रो कृति हो ।  यसअघि उनले र्बादली लघुकथा प्रकाशन गरेकी थिइन् । सो अवसरमा प्राडा न्यौपानले मानिसहरु सृजनशिल हुनुपर्नेमा जोड दिए । लघुकथा  समाज प्रतिष्ठानका पूर्व अध्यक्ष  कल्याण पन्तले कृतिको समालचोना गरेका थिए । 
संगमकी अध्यक्ष जुना खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री आशा कोइराला, शुक्ला साहित्य संगमका संरक्षक शेषमणी आचार्य, शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजु, वडा नं। ४ का अध्यक्ष राजकुमार वाग्ले, संगमका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, निवृत्त प्राध्यापक संघका अध्यक्ष कृष्ण प्रसाद पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष लक्ष्मी सिग्देल र सञ्चालन सचिव याम प्रसाद सापकोटाले गरेका थिए । कार्यक्रममा तनहुँ र कास्कीका साहित्यकार तथा स्रष्टाहरु सहभागि भएका थिए । सोहि अवसरमा २ सय २३ औँ साहित्य श्रृंखला समेत सम्पन्न भयो ।

प्रतिकृया दिनुहोस
↑